ललितपुर महानगरले ब्यूँत्यायो शारदा पुस्तकालय

Date:

Share post:

Suryabinayak Nagarpalika

ललितपुर, २६ भदौ । ललितपुर महानगरले वि.सं २०४६ सालदेखि बन्द रहेको ऐतिहासिक शारदा पुस्तकालय संचालनमा ल्याएको छ । उक्त पुस्तकालयको संस्कृति शिरोमणि हरिराम जोशीले शुक्रवार उद्घाटन गरे । उक्त पुस्तकालय ललितपुर महानगरको नयाँ भवन ब्लक बीको चौथो तल्लामा रहेको छ । २०४६ सालको जनआन्दोलन अघिसम्म शारदा पुस्तकालय ललितपुर नगर पञ्चायतको भवनमा संचालन भएको थियो । पुस्तकालय उद्घाटनपछि संस्कृति शिरोमणि जोशीले शारदा पुस्तकालयलाई जिवन्तता दिएकोमा ललितपुर महानगरलाई धन्यवाद दिएका छन् । ‘महानगरका प्रमुख, उपप्रमुख र महानगरको सम्पूर्ण परिवारलाई शारदा पुस्तकालय संचालन गरेकोमा धन्यवाद छ,’ उनले भने । शारदाको अर्थ आमा भएको बताउँदै उक्त पुस्तकालयको उद्घाटन गर्न पाउँदाको क्षण जीवनको महत्वपूर्ण क्षण भएको बताए । ‘आज मेरो आमाको पुण्यतिथि हो, यो दिनमा पुस्तकालय उद्घाटन गर्न पाउँदा निकै आनन्दको अनुभव गरेको छु,’ उनले भने । पुस्तकालय यसअघि कालकोठरीमा रहेको बताउँदै महानगरले पुस्तकालयलाई उच्च स्थान दिएकोमा महानगरलाई धन्यवाद दिए ।

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले कुनै शहरको लागि सिटी लाइब्रेरी र सिटी हल अपरिहार्य हुने भएकाले महानगरले यसलाई प्राथमिकता दिएको बताए । ‘सिटी हलको पनि व्यवस्था गर्यौं , नयाँ भवनमा सिटी लाइब्रेरी संचालनमा ल्याएका छौं,’ उनले भने । पुन:स्थापित शारदा पुस्तकालय संचालनको सम्बन्धमा महानगर संवेदनशील भएको उनले बताए । पुस्तकालयका लागि पुस्तक उपलब्ध गराउने लेखक तथा प्रकाशक मिरसुब्बा नारायण प्रसाद श्रेष्ठ र शताब्दी पुरुष सत्यमोहन जोशीका छोरा अनुराग जोशीलाई धन्यवाद दिए । सत्यमोहन जोशीले शारदा पुस्तकालय पुन स्थापित गर्न आफूलाई पटक पटक पे्रेरित गरेको नगरप्रमुख महर्जनले स्मरण गरे । २०४६ सालको जनआन्दोलनको बेलामा बिउ समेत नरहने गरी पुस्तकालय मासिएको बताए । नगर प्रमुख महर्जनले महानगरले कला, साहित्य र संस्कृति संरक्षणका लागि गरेका कामका बारेमा जानकारी गराए ।

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले पठन संस्कृतिको महत्व बुझाउन ललितपुर महानगरले शारदा पुस्तकालयलाई पुन ः स्थापित गरेको बताइन् । पुस्तकालयको पुनर्स्थापना सजिलो नभएको बताउँदै सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिइन् । पुस्तक ज्ञानको प्रारम्भिक स्रोत भएको बताउँदै पुस्तकालयको महत्वलाई बुझाउन अत्यावश्यक भएको प्रष्ट पारिन् । लेखक तथा प्रकाशक मिरसुब्बा नारायण प्रसाद श्रेष्ठले विश्वप्रसिद्ध कलाकार अरनिको जन्माउने ललितपुर विश्वकै उत्कृष्ट शहर भएको प्रष्ट पारे । शारदा पुस्तकालयको पुनस्र्थापना गरेर महानगरले आफ्नो गरिमा बढाएको बताए । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका प्रमुख सागरराज सुवेदी,नेपाल राष्ट्रिय पुस्तकालय,मदन पुस्तकालयलाई पुस्तकालय पुनस्र्थापना गर्नका लागि गरेको सहयोगप्रति नगरप्रमुखले आभार प्रकट गरे ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

भोटेकोशी बाढीका २४६५ बेपत्तालाई एकैपटक मृत घोषणा गरिँदै

काठमाडौं, २४ कात्तिक । गत भदौ १० गतेको भोटेकोशी-त्रिशूली बाढीमा परेर बेपत्ता भएकामध्ये पहिलो चरणमा दुई हजार ४६५...

हेटौंडामा प्रहरी हवल्दार मृत फेला

मकवानपुर, २४ कात्तिक । हेटौंडा उपमहानगरपालिका-८ ओमनगरमा एक प्रहरी हवल्दार मृत फेला परेका छन्। मंगलबार बिहान करिब साढ...

२४ सै घण्टा देउसी-भैलो खेल्न गृहको निर्देशन

काठमाडौं, २४ कात्तिक । गृह मन्त्रालयले परम्परागत देउसी–भैलो कार्यक्रम २४ सै घण्टा सञ्चालन गर्न दिन सबै जिल्ला प्रशासन...

राजनीति अलि खलबलिएको छ : ओली

काठमाडौं, २३ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मानिसको सांस्कृतिक मनोवृत्ति बिग्रँदा राजनीति समेत...