खेल क्षेत्रमा आवश्यक बजेट व्यवस्था गर्छौं: मुख्यमन्त्री थापामगर

Date:

Share post:

Suryabinayak Nagarpalika

मकवानपुर, ०३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले खेलाडी उत्पादन र खेल क्षेत्रको विकासका लागि प्रदेश सरकारले आवश्यक बजेट व्यवस्थापन गर्ने बताएका छन् । हेटौँडा उपमहानगरपालिका–४ वडा कार्यालयद्वारा शनिबार आयोजित दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलाडीलाई प्रशिक्षक, पूर्वाधार र अवसर उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

मुख्यमन्त्री थापामगरले प्रदेशका १३ जिल्ला र ११९ स्थानीय तहमा सम्भावना भएका खेल क्षेत्रलाई मागका आधारमा बजेट विनियोजन गर्दै आएको उल्लेख गरे । खेलाडी उत्पादनका लागि स्थानीय तह, प्रदेश र सङ्घीय सरकारबीच समन्वय आवश्यक रहेको उनको भनाइ थियो ।
कार्यक्रममा सन् २०२५ मा अजरबैजानको बाकुमा सम्पन्न अन्तर्राष्ट्रिय मार्सल आर्ट्स च्याम्पियनसिपमा पदक विजेता सुदर्शन खतिवडालाई सम्मान गरिएको थियो ।
प्रतियोगितामा १४ डोजाङका महिला तथा पुरुष गरी १६० खेलाडी सहभागी छन् । हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देलका अनुसार प्रतियोगिता महिला र पुरुषतर्फ सात तौल समूहमा सञ्चालन भइरहेको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...

रसुवा बाढीमा सम्पर्कबिहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन सुरू

काठमाडौं, २७ असोज । भदौ १० को रसुवा बाढी कारण सम्पर्कबिहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्कालको...