सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफी -२०८३ को उपाधी नेपाल पुलिस स्कुल साँगाले हात पार्यो

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, ३ असोज । सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफी -२०८३ को उपाधी नेपाल पुलिस स्कुल साँगाले हात पारेको छ । श्री सैनिक आवासीय महाविद्यालय, सल्लाघारी, भक्तपुरको आयोजनामा सञ्चालन भएको २२ औँ सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफी –२०८३ को शुक्रबार महाविद्यालयको घरेलु मैदानमा भएको फाइनल खेलमा महाविद्यालयलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस स्कुल, साँगाले उपाधी हात पारेको हो ।
समापन कार्यक्रम कायम मुकायम प्रधान सेनापति बलाधिकृत रथी प्रदीप जंग के.सी.ले विजेता नेपाल पुलिस स्कुललाई ५० हजार रूपैयाँ नगद पुरस्कारसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका छन्।उनले उपविजेता सैनिक आवासीय महाविद्यालय रातोलाई ३० हजार रूपैयाँ नगद पुरस्कारसहित रनर–अप ट्रफी तथा प्रमाणपत्र प्रदान गरे । उनले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक तथा रेफ्रीहरूलाई समेत विभिन्न विधामा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका छन् ।
पुरस्कार वितरण गर्दै कायम मुकायम प्रधान सेनापति बलाधिकृत के.सी.ले विद्यार्थी जीवनमा खेलकुदको महत्व, अनुशासन, टोली भावना तथा स्वस्थ प्रतिस्पर्धाले व्यक्तित्व विकासमा पुर्याउने योगदान महत्वपूर्ण हुने बताए । २२ औँ संस्करणको यस प्रतियोगिताले विद्यालयस्तरमा फुटबल खेलको प्रवर्द्धन गर्नुका साथै प्रतिभावान खेलाडीको पहिचान र विकास, विद्यार्थीहरूबीच आपसी भाइचारा तथा सौहार्दपूर्ण सम्बन्ध विस्तार र खेलकुदमार्फत अनुशासित एवं स्वस्थ जीवनशैलीको विकासमा महत्वपूर्ण योगदान पुर्याएको उनी बताउँछन् ।

विद्यालयस्तरीय फुटबल खेलको विकास तथा विद्यार्थीहरूमा खेलकुद भावना, अनुशासन, नेतृत्व क्षमता र स्वस्थ प्रतिस्पर्धाको संस्कार विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा श्री सैनिक आवासीय महाविद्यालयका २ टिमसहित उपत्यकाका विभिन्न विद्यालयका जम्मा १२ टिम सहभागी भएको महाविद्यालयका व्यबस्थापन प्रमुख सेनानी शिव पौडेलले जानकारी दिए। प्रतियोगिताका लिग तथा नकआउट चरणमा गरी कुल १९ वटा खेल सञ्चालन भएको उनले जानकारी दिए ।
समापन समारोहमा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, श्री सैनिक कल्याणकारी निर्देशनालयका निर्देशक, श्री युद्धकार्य निर्देशनालयका निर्देशक, श्री नेपाली सैनिक वार कलेजका निमित्त शिक्षाधिकृत, सानका अध्यक्ष लगायत नेपाली सेनाका वरिष्ठ अधिकृतहरू, विभिन्न सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू, सहभागी विद्यालयका प्राचार्य तथा व्यवस्थापकहरू, प्रशिक्षक, खेलाडी, शिक्षक तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...

रसुवा बाढीमा सम्पर्कबिहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन सुरू

काठमाडौं, २७ असोज । भदौ १० को रसुवा बाढी कारण सम्पर्कबिहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्कालको...