शिक्षकलाई खो-खो आधारभूत प्रशिक्षण

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, ०१ भदौ । भक्तपुर नगरपालिकाले नगरभित्रका संस्थागत तथा सामुदायिक विद्यालयका शिक्षक/शिक्षिकाहरुलाई भदौ १ गतेदेखि ५ गतेसम्म खो-खो खेलसम्बन्धी आधारभूत प्रशिक्षक प्रशिक्षण तालिम सुरु गरेको छ । भक्तपुरमा खो-खो खेललाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको प्रशिक्षणको शुभारम्भ नगर प्रमुख सुनिल प्रजापतिले गरेका छन् ।

कार्यक्रममा नगर प्रमुख प्रजापतिले प्रशिक्षक राम्रो भएमा राम्रा खेलाडी उत्पादन गर्न सकिने बताउँदै विद्यार्थीलाई मेहनती, अनुशासित र योग्य नागरिक बनाउन खेलकुदलाई प्राथमिकता दिइएको उल्लेख गर्दै खेलकुदमा गरिएको लगानीलाई उपलब्धिमूलक बनाउनुपर्नेमा जोड दिएका छन् । भक्तपुर नगरपालिकाका खेलकुद समिति संयोजक श्यामकृष्ण खत्रीले प्रशिक्षणमा सहभागी शिक्षकलाई खो-खो खेलका आधारभूत सीप सिकाउनुका साथै आगामी दिनमा प्रशिक्षक तथा रेफ्रीको भूमिका निर्वाह गर्न सक्ने गरी प्रशिक्षण दिइने बताएका छन् ।  भक्तपुरलाई खेलकुदको हबका रूपमा विकास गर्ने उद्देश्यले खेलकुदलाई प्राथमिकता दिइएको बताउँदै उनले नगरपालिकाले हरेक वर्ष विद्यालयस्तरमा करिब १५ वटा खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको र त्यसबाट स्तरीय खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको जानकारी दिएका छन् । नेपाल खो-खो संघका अध्यक्ष प्रदीप महर्जनले भक्तपुर नगरपालिकाले खो-खो खेललाई प्राथमिकता दिँदै नियमित रूपमा अन्तरविद्यालय खो-खो प्रतियोगिता आयोजना गर्दै आएकोमा खुशी व्यक्त गरे । भक्तपुर प्राविधिक रूपमा खो-खो प्रशिक्षण सञ्चालन गर्न सक्षम भइसकेको उल्लेख गर्दै उनले अन्तरनगरपालिका खो-खो प्रतियोगिता आयोजना गर्ने पहिलो नगरपालिका भक्तपुर बनेको बताएका छन् ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराईले पाँचदिने प्रशिक्षणमा सहभागी शिक्षकहरूको पूर्ण उपस्थिति र सक्रिय सहभागिता रहने विश्वास व्यक्त गरेका छन् । खो-खो खेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल भएको उल्लेख गर्दै उनले सक्रिय नागरिक निर्माणका लागि खेलकुद महत्वपूर्ण रहेको बताएका छन्। कार्यक्रममा कार्यपालिका सदस्य रञ्जना त्वातीले प्रशिक्षणको उद्देश्यबारे प्रकाश पार्दै नयाँ पुस्तालाई खेलकुदसँगै नैतिकता, अनुशासन र मेहनतको महत्वबारे जानकारी गराउनुपर्ने बताइन् ।

कार्यक्रममा भनपा वडा नं. ४ का वडाध्क्ष उपेन्द्र सुवालले धन्यवादज्ञापन गर्दै आफूले सिकेको खेललाई विद्यालयमा विद्यार्थीहरुलाई पनि सिकाएर खो-खो खेलमा पोख्त बनाउन सहयोगी भूमिका खेल्न आग्रह गरे । कार्यक्रमको अवसरमा नगर प्रमुख प्रजापतिले खेल सामग्री हस्तान्तरण गर्नुका साथै सहभागी शिक्षकहरूलाई ट्र्याकसुटसमेत वितरण गरेका छन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...

रसुवा बाढीमा सम्पर्कबिहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन सुरू

काठमाडौं, २७ असोज । भदौ १० को रसुवा बाढी कारण सम्पर्कबिहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्कालको...