काभ्रेपलान्चोक, ०१ भदौ । खानीखोला गाउँपालिका-१ स्याउलीथलीमा बोलेरो जीप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने, तीन जना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार पनौती-तालढुङ्गा भित्री सडकखण्डअन्तर्गत स्याउलीथलीमा नम्बर नखुलेको बोलेरो गाडी सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा बोलेरोमा सवार हाल नामथर र वतन नखुलेका दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएकाे प्रहरीले जानकारी दिएको छ । घटनास्थलमा उद्धारका लागि प्रहरी टोली तथा एम्बुलेन्स पुगेको छ । दुर्घटनाबारे थप विवरण खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ।






