ब्रह्मायणी मन्दिर पुनः निर्माणबारे पुरातत्व, इतिहास र संस्कृतिका विज्ञहरुबीच छलफल

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, ३१ साउन । भक्तपुरको ऐतिहासिक ब्रह्मायणी मन्दिर पुनः निर्माणबारे आइतबार पुरातत्व, इतिहास र संस्कृतिका विज्ञहरु तथा स्थानीय अग्रज व्यक्तित्वहरुबीच छलफल कार्यक्रम सम्पन्न भएको छ । भक्तपुर नगरपालिका ९ नं. वडा कार्यालयको आयोजनामा भएको उक्त कार्यक्रममा ब्रह्मायणी मन्दिर जीर्ण भएकोले तत्काल पुनःनिर्माण गर्न र त्यसपूर्व विज्ञहरुको टोलीमार्फत अध्ययन अनुसन्धान थाल्न भक्तपुर नगरपालिकालाई अनुरोध गर्ने तथा मन्दिरको मौलिक संरचनाबारे पुराना तथ्य, प्रमाण, फोटो, चित्र आदि कुनै भएमा प्रदान गर्न सार्वजनिक आह्वान गर्ने निर्णय भएको श्रोतले बताएको छ ।
कार्यक्रममा इतिहासविद् प्रा.डा. पुरुषोत्तम लोचन श्रेष्ठले छाने शैलीको मन्दिर नेपालको मौलिक शैली भएको चर्चा गर्दै सभ्यताको विकास क्रमसंगै भक्तपुरमा विभिन्न शैलीका मन्दिरहरु निर्माण हुन थालेको र प्रत्येक शैलीको आफ्नै इतिहास र संस्कृति भएको बताएका छन् । उनले ब्रह्मायणी मन्दिरको हालको संरचनाको पनि अभिलेखीकरण गर्दै यसको मौलिक स्वरुप र संरचनाबारे गहन अध्ययन अनुसन्धानको आवश्यकता रहेको चर्चा गरे । पुरातात्विक महत्वको अध्ययनपश्चातको निचोड नै सर्वस्वीकार्य हुने उल्लेख गर्दै नगरबासीहरुको भावना र अध्ययनको निष्कर्षको आधारमा मौलिक शैलीमा ब्रह्मायणी मन्दिर पुनः निर्माण गर्न उनले अनुरोध गरेका छन् ।

कार्यक्रममा प्रा.डा. सिद्धिबीर कर्माचार्यले ब्रह्मायणी मन्दिरमा एक समयमा तन्त्र यज्ञ हुने इतिहास रहेको चर्चा गर्दै अभौतिक सम्पदाको संरक्षणमा जोड दिनुपर्ने बताएका छन् । सम्पदाविद् रामगोविन्द श्रेष्ठले हाम्रा पुर्खाले संरचनाको स्थिरताको लागि वर्गाकार वा आयाताकारमा मन्दिर निर्माण गरेको चर्चा गर्दै पुर्खाको वैज्ञानिक चेतको सम्मान गर्दै मौलिक शैलीमै मन्दिरको पुनः निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । अर्का सम्पदाविद् कृष्णगोपाल प्रजापतिले विभिन्न ठाउँका मन्दिरहरुको उदाहरणहरु प्रस्तुत गर्दै पुरातात्विक अध्ययन पश्चात मन्दिरको संरचनाबारे टुंगो लगाउन सुझाव दिए । स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका रज्जु हाडाले पुरातात्विक सम्पदा पुनः निर्माणसम्बन्धि विद्यमान ऐन कानुनमा उल्लेखित व्यवस्थाबारे जानकारी दिँदै ठोस प्रमाणको आधारमा सम्पदा पुनः निर्माण गर्नुपर्ने बताएका छन् ।
भक्तपुर नगरपालिका सम्पदा शाखाका सरिता धुख्वाले ब्रह्मायणी मन्दिरबारे हालसम्मको अध्ययनबारे प्रस्तुतिकरण गरेकी छन् । वडाध्यक्ष रविन्द्र ज्याख्वको अध्यक्षतामा भएको उक्त छलफल कार्यक्रममा पूर्व वडाध्यक्षहरु विष्णु बहादुर मानन्धर, विष्णु गोपाल कुसी, कृष्णभक्त लवजू र लक्ष्मी प्रसाद कुसीले ब्रह्मायणी मन्दिरका पुराना अवशेषहरु अहिले पनि विभिन्न मन्दिर र द्योछेँहरुमा प्रयोग भइरहेको अग्रजहरुको भनाइ रहेको बताउँदै छाने शैलीमा मन्दिर पुनः निर्माण गर्दा उपयुक्त हुने विचार व्यक्त गरेका छन् ।

त्यस्तै, सामाजिक अग्रजहरु विनोद प्रजापति, कृष्णभक्त प्रजापति, विष्णु प्रसाद प्रजापति, रामभक्त ङाकुसीलगायतले ब्रह्मायणी मन्दिर निर्माण र पुनः निर्माणबारे विभिन्न कालखण्डमा भएका योगदानहरुबारे अभिलेखीकरण गर्नुपर्ने, ब्रह्मायणी कुण्ड र घाटको संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

तस्बिर : भक्तपुर नगरपालिका

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...