काठमाडौं, १० भदौ । रसुवामा आएको भिषण बाढीले स्याप्रुबेसीलगायतका बजारमा क्षति पुर्याएको छ । केही समय आएको बाढीका कारण बजार क्षेत्रमा ठूलो क्षति भएको भएको छ । बाढीले एउटा जलविद्युत् आयोजना बगाएको छ । चिलिमेलगायत अन्य जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ।
बाढी निकै ठूलो भएकाले यसको प्रभाव तल्लो तटीय क्षेत्रमा समेत पर्न परेको छ । बाढी कहाँबाट र कसरी आएको हो भन्नेबारे भने यकिन जानकारी आइसकेको छैन ।
बाढीको प्रभाव नुवाकोट र धादिङको त्रिशूली आसपासका क्षेत्रमा समेत पर्न सक्ने भन्दै चितवन, धादिङ प्रशासनले तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ । सम्भावित जोखिमलाई ध्यानमा राखेर सो क्षेत्रमा सुरक्षाकर्मीसमेत परिचालन गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पाण्डे गौतमले जानकारी दिए ।
तस्बिर : सामाजिक संजाल






