राष्ट्रिय सूचना आयोगमा प्रमुखसहित सूचना आयुक्तका लागि आवेदन आह्वान

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २२ साउन । राष्ट्रिय सूचना आयोगमा रिक्त रहेका पदाधिकारीहरूको नियुक्ति प्रक्रिया अघि बढेको छ । पदाधिकारी नियुक्ति सिफारिस समितिको सचिवालयले एक प्रमुख सूचना आयुक्त र दुई सूचना आयुक्त (जसमा कम्तीमा एक जना महिला अनिवार्य रहने गरी) पदपूर्तिका लागि इच्छुक र योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । शुक्रबार प्रकाशित सूचनाअनुसार इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र अर्थात् साउन २८ गतेभित्र आफ्नो आवेदन बुझाइसक्नुपर्नेछ ।
इच्छुक उम्मेदवार नेपाली नागरिक हुनुपर्ने र मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । त्यसैगरी, आमसञ्चार, कानुन तथा न्याय, सार्वजनिक प्रशासन, सूचना प्रविधि वा व्यवस्थापनको क्षेत्रमा कम्तीमा १५ वर्षको कार्य अनुभव हासिल गरेको हुनुपर्नेछ ।
उम्मेदवारको उमेर ६५ वर्ष ननाघेको हुनुपर्ने छ । आवेदन दिन इच्छुक उम्मेदवारले आफ्ना सम्पूर्ण विवरण र आवश्यक कागजातसहित त्रिपुरेश्वरस्थित सिफारिस समितिको सचिवालयमा कार्यालय समयभित्र भौतिक रूपमा वा आयोगको आधिकारिक इमेल ठेगाना मार्फत निवेदन पेस गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
आवेदनका साथमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, न्यूनतम तथा सोभन्दा माथिको शैक्षिक योग्यताका प्रमाणपत्रहरू, कार्य अनुभव र अनुसन्धान वा प्रकाशनसम्बन्धी प्रमाणित कागजातहरू अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ ।
उम्मेदवारले आफ्नो विस्तृत वैयक्तिक विवरण (बायोडाटा) संलग्न गर्नुपर्नेछ भने कुनै संस्था वा निकायमा कार्यरत उम्मेदवारको हकमा सम्बन्धित निकायको विभागीय स्वीकृति पत्रसमेत पेस गर्नुपर्नेछ । उम्मेदवारले आवेदन दिँदा आफू कानुनबमोजिम अयोग्य नभएको भनी स्वघोषणासमेत गर्नुपर्नेछ । जसमा नैतिक पतन देखिने फौजदारी कसुरमा अदालतबाट दोषी ठहरी सजाय नपाएको, सरकारी वा सार्वजनिक संस्थाको बहालवाला कर्मचारी नरहेको, कुनै राजनीतिक पदमा बहाल नरहेको र अन्य देशको नागरिकता वा स्थायी आवासीय अनुमति (पीआर) नलिएको कुरा खुलाउनुपर्नेछ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

रानीपोखरीमा एक पुरुष मृत फेला

काठमाडौं, २९ असोज । रानीपोखरीमा एक व्यक्ति मृत फेला परेका छन् । अन्दाजी ३५/४० वर्षका पुरुष बिहीबार बिहान...

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं, २९ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको...

हेटौंडा-भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा टाइमकार्ड

हेटौंडा, २९ असोज । हेटौंडाबाट काठमाडौं जाने छोटो वैकल्पिक मार्ग हेटौंडा-भैंसे-भीमफेदी-कुलेखानी-सिस्नेरी, फाखेल, दक्षिणकाली र फर्पिङ हुँदै आउजाउ गर्ने...

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...