बढ्यो अन्डाको मूल्य

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०४ भदौ । नेपाल लेयर्स कुखुरापालक संघले बिहीबारदेखि लागु हुने गरी अन्डाको नयाँ समर्थन बिक्री मूल्य तोकेको हो । चितवनलाई आधार मानेर तय गरिएको नयाँ फार्म समर्थन मूल्य अनुसार सबै प्रकारका अन्डाको भाउ बढेको छ ।
नयाँ मूल्यसूची अनुसार अब सबैभन्दा ठूलो (एक्सएल) अन्डाको मूल्य प्रतिक्रेट ५ सय ९० रुपैयाँ पुगेको छ । त्यस्तै, ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५ सय ७५ रुपैयाँ र मिडियम अन्डाको मूल्य प्रतिक्रेट ५ सय ३५ रुपैयाँ तोकिएको छ । सानो अन्डाको मूल्य भने प्रतिपेटी ३२ सय रुपैयाँ कायम गरिएको छ ।
संघले एक साता नबित्दै अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँ बढाएको हो । यसअघि ३० साउनदेखि लागु हुने गरी संघले एक्सएल अन्डाको मूल्य प्रतिक्रेट ५ सय ७५, ठूलो अन्डा ५ सय ६० र मिडियम अन्डा ५ सय २० रुपैयाँ तोकेको थियो । पछिल्लो समय अन्डाको मूल्य लगातार उकालो लागिरहेको छ । यसअघि संघले साउन महिनामा मात्रै अन्डाको समर्थन मूल्य चार पटक बढाएको थियो । साउनको सुरुमा एक्सएल अन्डाको मूल्य प्रतिक्रेट ५ सय २५ रुपैयाँ तोकेको संघले साउनको अन्तिममा उक्त मूल्य ५ सय ७५ रुपैयाँ पुर्‍याएको थियो ।
भदौ लागेसँगै त्यसमा थप १५ रुपैयाँ बढाएर एक्सएल अन्डाको मूल्य ५९० रुपैयाँ पुर्‍याइएको हो । अन्डाको मूल्य लगातार बढ्नुमा उत्पादनमा आएको कमी मुख्य कारण रहेको व्यवसायीहरूले बताउँदै आएका छन् । बर्डफ्लु संक्रमणका कारण अत्यधिक मात्रामा कुखुरा नष्ट गर्नुपरेको र कुखुरा मरेपछि अन्डा उत्पादनमा भारी कमी आएको र माग धान्न गाह्रो भएका कारण बाध्य भएर अन्डाको मूल्य बढाउनुपरेको संघका अध्यक्ष विनोद पोखरेलले बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

सूर्यविनायक नगरपालिकाले बाढी पिडितलाई ५५ लाख रुपैंया सहयोग गर्ने

भक्तपुर, १४ भदौ । सूर्यविनायक नगरपालिकाले रसुवा (भोटेकोशी) बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत...

दिवंगतको सम्झनामा भक्तपुरमा गाईजात्रा मनाइँदै

भक्तपुर, १३ भदौ । भक्तपुरका बासिन्दाले वर्षदिनभरि दिवंगत भएका आफन्तको सम्झनामा गाईजात्रा पर्व मनाएका छन् । शनिबार बिहानदेखि...

विपद्‌मा नागरिकको साथमा बागमती प्रदेश सरकार: उद्धार, राहत र सडक खुलाउन तीव्र परिचालन

काठमाडौं, १३ भदौ । रसुवामा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका क्षेत्रमा ठूलो धनजनको...

अलपत्र यात्रुको उद्धारका लागि काठमाडौँ महानगरपालिकाबाट निःशुल्क यातायात सुरु 

काठमाडौं, १३ भदौ । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरुको स्थलमार्गबाट उद्धार गर्न निःशुल्क यातायात सुरु गरेको...