काठमाडौं, ०४ भदौ । नेपाली बजारमा बिहीबार सुन-चाँदीको मूल्य वृद्धि भएको छ। सुनको मूल्य प्रतितोला ९ हजार ३०० र चाँदीको मूल्य २६० रुपैयाँले बढेको हो ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४०० रूपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रतितोला ४ हजार ८५५ रूपैयाँ निर्धारण भएको छ ।
बुधबार सुन प्रतितोला ३ लाख ४ हजार १०० र चाँदी प्रतितोला ४ हजार ५९५ मा कारोबार भएको थियो ।






