नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २१ साउन । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो । साह यसअघि नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत कार्यकारी निर्देशक छनोटका लागि अघि बढाएको प्रक्रियामा उनी उत्कृष्ट तीन उम्मेदवारमा परेका थिए ।

कार्यकारी निर्देशक पदका लागि साहसँगै प्यूठानका कौशल केसी र सप्तरीका संजीवकुमार देव प्रतिस्पर्धामा थिए । अनुभव र योग्यताका आधारमा साहलाई बलियो उम्मेदवारका रूपमा मूल्यांकन गर्दै मन्त्रिपरिषद्ले उनलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो ।
मन्त्रिपरिषद्को निर्णयसँगै साहले चार वर्षका लागि निगमको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्नेछन् ।

नवनियुक्त कार्यकारी निर्देशक साहसामु सरकारले अघि सारेको ९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थको भण्डारण क्षमता विकास गर्नु प्रमुख चुनौतीका रूपमा रहेको छ । पेट्रोलियम पदार्थको सुरक्षित भण्डारण क्षमता विस्तारसँगै निगमको व्यवस्थापन, आपूर्ति प्रणाली र दीर्घकालीन पूर्वाधार विकासमा समेत साहको कार्यकाललाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

रानीपोखरीमा एक पुरुष मृत फेला

काठमाडौं, २९ असोज । रानीपोखरीमा एक व्यक्ति मृत फेला परेका छन् । अन्दाजी ३५/४० वर्षका पुरुष बिहीबार बिहान...

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं, २९ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको...

हेटौंडा-भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा टाइमकार्ड

हेटौंडा, २९ असोज । हेटौंडाबाट काठमाडौं जाने छोटो वैकल्पिक मार्ग हेटौंडा-भैंसे-भीमफेदी-कुलेखानी-सिस्नेरी, फाखेल, दक्षिणकाली र फर्पिङ हुँदै आउजाउ गर्ने...

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...