रुद्रमती नदी सफाइका १२ वर्ष : २ लाख ८७ हजार स्वयमसेवीबाट करिब ७,७६० फोहर संकलन

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०४ साउन । बाह्र वर्षदेखि सरसफाइ थालेको रुद्रमती नदीबाट ७ हजार ७६० मेट्रिक टन फोहर संकलन भएको छ । बागमती नदीको मुख्य सहायक नदीमध्येको एक रुद्रमती अर्थात् धोवीखोलाको स्वच्छताका लागि २०७० सालबाट थालिएको सरसफाइ अभियानमा अहिलेसम्म २ लाख ८७ हजार स्वयमसेवी परिचालन भएको छ । शिवपुरी जंगल मुहान रहेको रुद्रमतीले बागमती नदीसँग मिसिँदासम्म ७.५८ किलोमिटर दुरीलाई १० खण्डमा विभाजन गरेर सफाइ गर्दा यो परिमाणको फोहर संकलन भएको हो । नदी सफाइ अभियान १२ वर्ष पूरा भएको अवसरमा आइतबार काठमाडौंमा आयोजना गरिएको ‘रुद्रमती स्मारिका’ विमोचन तथा सम्मान समारोहमा यस सम्बन्धी जानकारी दिइएको हो ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका कार्यबाहक प्रमुख सुनिता डंगोल, वडाध्यक्षहरु रामकुमार के. सी., दलबहादुर कार्की, हीरालाल तण्डुकार, संविधानविद् काशीराज दाहाल, पूर्व मुख्य सचिव लीलामणि पौडेलसहित सरसफाइ अभियन्ताहरुले संयुक्त रुपमा स्मारिका विमोचन गरेका छन् । यस्तै, नदी सफाइ अभियानमा निरन्तर लागिपर्ने वडाध्यक्षहरु तण्डुकार, कार्कीसहित स्वयमसेवकहरुलाई योगदानको कदर गर्दै सम्मान गरिएको छ । <span;>स्मारिका विमोचन गर्दै काठमाडौं महानगरपालिकाका कार्यबाहक प्रमुख सुनिता डंगोलले अभियानमार्फत प्रकृतिको सम्मान गर्ने सोच निर्माणमा ठुलो योगदान पुगेको बताउँदै उपलब्धिको दिगोपनाका लागि अभियानलाई अझै निरन्तरता दिनु पर्ने धारणा राखिन् । ‘अभियान थालनी हुनु महत्वपूर्ण थियो । त्यो अभियान १२ वर्षसम्म निरन्तर चल्नु झनै महत्वपूर्ण कुरा हो । अभियानलाई निरन्तरता दिन अभियन्ताहरुले प्रदान गर्नुभएको योगदान अतुलनीय छ,’ उनले भनिन् ।
नदी सरसफाइका लागि काठमाडौं महानगरपालिकाले श्रम बैंकमार्फत जनशक्ति लिएर काम गरिरहेको जानकारी दिँदै कार्यबाहक डंगोलले, ‘नदीको स्वच्छतालाई कायम राख्न तथा प्राप्त उपलब्धिलाई जोगाउन भएका कानुनको पूर्ण पालना गरिनुपर्छ । आवश्यक परे कानुन तर्जुमा गर्न पनि सकिन्छ । यससँगै कानुन कार्यान्वयन गर्ने संयन्त्र र आपसी समन्वय पूरा गर्नुपर्छ ।’

सरसफाइ अभियानले नदीको सरसफाइ त भएको छ नै । यसबाहेक चोक, गल्ली, सार्वजनिक स्थलको सफाइमा पनि नागरिक सहभागिता हुने गरेको छ । अभियानको प्रभावका विषयमा धारणा राख्दै वडा नं. ३० का अध्यक्ष दलबहादुर कार्कीले अनुभव सुनाए । त्यस क्रममा वातावरण संरक्षण गैसस महासंघका अध्यक्ष टीकाराम दाहालले, उपत्यकाको फोहर व्यवस्थापनलाई काठमाडौँ महानगरपालिकाको नेतृत्वमा सबै पालिका एकै ठाउँमा भए मात्र सफलता प्राप्त हुने धारणा राखेका छन् ।

कार्यक्रममा रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले, अभियानमार्फत नदीको स्वच्छतामा ठुलो परिवर्तन आएको बताएका छन् । समाजका सचिव धनप्रसाद आचार्य (ध्रुव)ले, नदी सफाइ अभियान २०७० फागुन ३ गते साविक कपन गाउँपालिका हाल बुढानीलकण्ठ नगरपालिका र काठमाडौँ महानगरपालिकाको सिमानाबाट थालिएको जानकारी दिँदै २०७१ सालमा रुद्रमती सरोकार समाज गठन गरिएको बताए । अहिले रुद्रमती नदीको धमिलो पानी सङ्लो हुँदै गएको छ । नदीबाट कम मात्र दुर्गन्ध आउँछ । किनारामा रापिएका फूलले दृश्यात्मक सुन्दरता बढाएको छ । स्थानीयबासीहरुमा खोलामा फोहर फाल्नुहुन्न भन्ने सोच विकास भएको अभियन्ताहरु बताउँछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कपडाको स्वरूपमा ल्याएको ४ किलो २५८ ग्राम कोकेन सहित २ विदेशी पक्राउ

काठमाडौं, ०४ साउन । लिक्वीट कोकेनलाई सिलिकनमा मिसाई कपडाको आकार स्वरुपमा लागुऔषध कोकिन तस्करी गरेको आरोपमा प्रहरीले दुई...

भक्तपुरमा छुट्टछुटै स्थानबाट खसेर एकैदिन तीन जनाकाे मृत्यु

भक्तपुर, ०४ साउन । जिल्लामा छुट्टाछुट्टै स्थानबाट खसेर एकैदिन तीन जनाकाे मृत्यु भएकाे छ । सोमबारबार सुर्यविनायक नगरपालिका-८...

काठमाडौं उपत्यकाका नदी किनारबाट विस्थापित सुकुम्बासीहरूलाई स्थायी गृहजिल्ला पठाउने तयारी

काठमाडौं, ०४ साउन । काठमाडौं उपत्यकाका नदी किनारबाट विस्थापित सुकुम्बासीहरूलाई उनीहरूको स्थायी ठेगाना भएकै जिल्लामा व्यवस्थापन गर्ने प्रक्रिया...

धादिङमा रात्रिकालीन सवारी आवगमन पूर्ण रूपमा बन्द

धादिङ, ०३ साउन । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार देशभर भारी तथा अति भारी वर्षाको सम्भावना...