भक्तपुरमा छुट्टछुटै स्थानबाट खसेर एकैदिन तीन जनाकाे मृत्यु

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, ०४ साउन । जिल्लामा छुट्टाछुट्टै स्थानबाट खसेर एकैदिन तीन जनाकाे मृत्यु भएकाे छ । सोमबारबार सुर्यविनायक नगरपालिका-८ घाम्पेडाँडाकाे एक हाेटलबाट खसेर बर्दिया घरभई भक्तपुर सल्लाघारी बस्ने २७ वर्षिय राज कार्कीको मृत्यु भएको प्रहरीले जनाएकाे छ । जन्मदिन मनाउने क्रममा जमघट भएकाे र झगडा समेत भएकाे प्रहरीले जनाएकाे छ ।  घटना पछि कार्कीका साथीहरू र झगडा छुट्टाउन जानेहरू समेत गरी २७ जनालाई नियत्रणमा लिएर साेधपुछ भईरहेकाे जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक कार्कीले जानकारी दिए।

त्यसैगरी, भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसको झ्यालबाट खसेर एक १८ वर्षीया युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा दोलखा घरभई चाँगुनारायण नगरपालिका-९ टेडोल बस्दै आएकी सलिना श्रेष्ठ रहेकी छन्। प्रहरीका अनुसार उनी सोमबार बिहान करिब ३ बजे गेष्ट हाउसको झ्यालबाट खसेको अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ ।
गम्भीर घाइते श्रेष्ठलाई तत्काल उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्युु भएको प्रहरीको भनाई छ । घटनाका सम्बन्धमा प्रहरीले सलिनासँगै गेष्ट हाउसमा रहेका चार जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

यस्तै, भक्तपुर कै सुर्यविनायक नगरपालिका-१ स्थित सिरुटारमा ७० वर्षिय  चिकित्सक सरिना जाेशीकाे चार तल्ले घरबाट खसेर मृत्यु  भएकाे प्रहरीले जनाएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कपडाको स्वरूपमा ल्याएको ४ किलो २५८ ग्राम कोकेन सहित २ विदेशी पक्राउ

काठमाडौं, ०४ साउन । लिक्वीट कोकेनलाई सिलिकनमा मिसाई कपडाको आकार स्वरुपमा लागुऔषध कोकिन तस्करी गरेको आरोपमा प्रहरीले दुई...

रुद्रमती नदी सफाइका १२ वर्ष : २ लाख ८७ हजार स्वयमसेवीबाट करिब ७,७६० फोहर संकलन

काठमाडौं, ०४ साउन । बाह्र वर्षदेखि सरसफाइ थालेको रुद्रमती नदीबाट ७ हजार ७६० मेट्रिक टन फोहर संकलन भएको...

काठमाडौं उपत्यकाका नदी किनारबाट विस्थापित सुकुम्बासीहरूलाई स्थायी गृहजिल्ला पठाउने तयारी

काठमाडौं, ०४ साउन । काठमाडौं उपत्यकाका नदी किनारबाट विस्थापित सुकुम्बासीहरूलाई उनीहरूको स्थायी ठेगाना भएकै जिल्लामा व्यवस्थापन गर्ने प्रक्रिया...

धादिङमा रात्रिकालीन सवारी आवगमन पूर्ण रूपमा बन्द

धादिङ, ०३ साउन । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार देशभर भारी तथा अति भारी वर्षाको सम्भावना...