महाबौद्धमा परम्परागत प्रवेशद्वार निर्माण

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १३ साउन। काठमाडौं महानगरपालिका वडा नं. २७ ले वीर अस्पतालबाट महाबौद्धतर्फ अस्पताल मार्गमा परम्परागत प्रवेश द्वार निर्माण गरेको छ । नवनिर्मित प्रवेशद्वारको बुधबार काठमाडौं महानगरपालिकाकी कार्यबाहक प्रमुख सुनिता डंगोलले नवनिर्मित द्वारको समुदघाटन गरेकी छन् । कार्यक्रममा महानगरपालिकाकी पूर्वउपप्रमुख एवं प्रदेश सरकारका पूर्व मन्त्री हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष योगेशकुमार खड्गीसहित पदाधिकारी सहभागी थियो ।

कार्यक्रममा कार्यबाहक प्रमुख डंगोलले परम्परागत द्वार निर्माणसँगै महाबौद्ध क्षेत्रको धार्मिक र पर्यटकीय महत्व थप उज्यालो भएको र यस्ता संरचनाले स्थानीय पर्यटन प्रवर्धनमा टेवा पुग्ने बताएकि छन् । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक धरोहर मानिने महाबौद्ध क्षेत्रको पहिचान र सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले वडा नं. २७ ले ‘महाबौद्ध प्रवेशद्वार’ निर्माण गरेको बताउँदै वडाध्यक्ष खड्गीले, कलात्मक प्रवेशद्वारले यस क्षेत्रको ऐतिहासिक गरिमालाई थप उचाइ दिएको बताए। १ करोड ७ लाख ९४ हजार ८ रुपैयाँ लागतमा परम्परागत नेवारी शैलीमा निर्माण गरिएको प्रवेशद्वार महाबौद्ध र समग्र वडाकै पहिचान स्मारकका रुपमा बनाइएको खड्गीको भनाइ छ ।
प्रवेशद्वारको शीर्ष भागको केन्द्रमा तामाबाट निर्माण भएको बुद्धका आँखा अंकित, महाबौद्ध स्तूपको प्रतीक स्वरुप गजुर स्थापना गरिएको छ । आर्किटेक्ट इञ्जिनियर गौरव श्रेष्ठका अनुसार द्वारको शोभा बढाउन पञ्च बुद्धका मूर्तिहरू लहरै सजाएर राखिएको छ । धातुको ट्रस्ट र कङ्क्रीट बिममा आधारित प्यागोडा शैलीमा निर्माण गरिएको यस द्वारको छानो तामा र पित्तल मिसाएर बनाइएको छ । यसले द्वारलाई आकर्षक देखाएको छ । भौतिक संरचनाका दृष्टिले प्रवेशद्वार अत्यन्त मजबुत र सुरक्षित रहेको आर्किटेक्ट इञ्जिनियर श्रेष्ठले जानकारी दिए । ठूला तथा साना सवारी साधनहरूको सहज आवतजावतलाई ध्यानमा राखेर यसको चौडाइ १२.८५ मिटर र जमिन सतहदेखि छानोमुनिसम्म ४ दशमलव २४ मिटर उचाइ छ । गजुरसम्म हेर्ने हो भने करिब ७ मिटर उचाइ छ । संरचनालाई भूकम्पीय दृष्टिकोणले सुरक्षित र टिकाउ बनाउन जमिनमुनि ६ मिटर गहिरो ‘पाइल फाउन्डेसन’ निर्माण गरिएको जनाएको छ । श्रेष्ठका अनुसार द्वार निर्माण गर्दा यस प्रकारको फाउन्डेसन राखिएको यो नै पहिलो हो । परम्परागत शिल्प र आधुनिक प्रविधिको सम्मिश्रणबाट बनेको यो ‘सम्पदा प्रवेशद्वार’ले सांस्कृतिक सहरको चिनारीमा इटा थपेको उनीहरुको दाबी छ ।

तस्बिर : काठमाडौं महानगरपालिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

झापामा कारको ठक्करबाट ९२ वर्षीया महिलाको मृत्यु

झापा, १३ साउन । भद्रपुर नगरपालिका-८ स्थित जिल्ला प्रशासन कार्यालय नजिकको भित्री सडकखण्डमा कारको ठक्करबाट ९२ वर्षीया वृद्धाको...

भक्तपुर सडक डिभिजन कार्यालयका इन्जिनियरविरुद्ध २ करोड २६ लाख रूपैयाँको भ्रष्टाचार मुद्दा

काठमाडौं, १३ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुर सडक डिभिजन कार्यालयका इन्जिनियर शैलेन्द्रकुमार चौधरीविरुद्ध २ करोड २६...

हुन्डी कारोबारको आरोपमा एक पक्राउ, १ अर्ब ७९ करोड ९६ लाख भन्दाबढीको कारोबार भएको खुलासा

काठमाडौं, १३ साउन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ...

कोहलपुरमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर तीन मजदुरको मृत्यु

बाँके, १३ साउन । कोहलपुर नगरपालिका-३ शान्तिटोलमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर तीन जना मजदुरको मृत्यु भएको छ। प्रहरीका...