बाल सुधारगृह सुधारको लागि ४ बुँदे निर्देशन

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०३ साउन । संसदीय समितिले देशभरका बाल सुधारगृहको भौतिक पूर्वाधारमा सुधार, क्षमता अभिवृद्धि र बालबालिकाको पोषण व्यवस्थापनमा तत्काल कार्य अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । <span;>आइतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गत कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकले ‘बाल सुधारगृहमा रहेका बालबालिकाहरूको मानवअधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमिति’ ले पेस गरेको प्रतिवेदनमाथि छलफल गर्दै विभिन्न चारबुँदे निर्देशन जारी गरेको हो ।
समितिकी सभापति समीक्षा बास्कोटाले समितिको तर्फबाट बाल सुधारगृहको अवस्थालाई थप व्यवस्थित बनाउन निर्देशन दिइन् । उपसमितिको प्रतिवेदनमाथि बैठकमा प्राप्त रचनात्मक र व्यावहारिक सुझावहरूलाई समेटेर यसलाई थप नतिजामुखी बनाउने र परिमार्जित प्रतिवेदनलाई समितिको आगामी बैठकमा पेस गरी कार्यान्वयनको प्रक्रिया अघि बढाइने निर्णय भएको बताइन् ।

रुपन्देहीस्थित सुधारगृहको भवन साँघुरो र अनुपयुक्त रहेको स्थलगत अनुगमनबाट देखिएकाले उक्त सुधारगृहलाई तत्काल जिल्ला समन्वय समिति रुपन्देहीको नवनिर्मित भवनमा स्थानान्तरण गर्न पनि समितिले निर्देशन दिएको छ । यसका लागि महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायतका निकायसँग समन्वय गरी तत्काल कार्य सम्पादन गर्न निर्देशन दिइएको छ ।
सुधारगृहहरूमा बढ्दो चाप र सीमित भौतिक पूर्वाधारलाई मध्यनजर गर्दै तत्काल वैकल्पिक प्रबन्ध मिलाउन समितिले निर्देशन दिएको छ । बालबालिकाहरूलाई उनीहरूको अवस्था र आवश्यकता अनुकूल राख्ने प्रबन्ध मिलाउन र सरोकारवाला निकायहरूसँग सहकार्य गरी शीघ्र कार्य सुरु गर्न मन्त्रालयलाई निर्देशन दिएको बास्कोटाले बताइन् ।
सुधारगृहमा रहेका बालबालिकाहरूले हाल कैदीबन्दीसरह पाउँदै आएको दैनिक ‘सिदा’ र रकम उनीहरूको उमेर तथा शारीरिक आवश्यकताका लागि अपर्याप्त देखिएकाले यसमा सुधार गर्न समितिले सरकारलाई भनेको छ । बालबालिकाको पोषण र खाद्य व्यवस्थापनका लागि तत्काल आवश्यक निर्णय गरी कार्यान्वयन गर्न महिला तथा गृह मन्त्रालयलाई समितिले निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

त्रिशूलीनदीमा तुइन निमार्ण सुरु

काठमाडौं, १७ भदौ । बाग्मती प्रदेशका सरकारले भोटेकोशीमा आएको भीषण बाढीपछिको असहज अवस्थालाई मध्यनजर गर्दै त्रिशूली नदीमा तुइन...

नागढुंगामा सडक भासिएपछि सुरुङमार्ग खुला

काठमाडौं, १७ भदौ । काठमाडौंबाट मुग्लिनतर्फ बाहिरिने सवारी साधनमध्ये पेट्रोलियम पदार्थ बोकेका र दुई पाङ्ग्रे सवारी साधनबाहेक सबैलाई...

कागेश्वरीकी इन्जिनियर दिपा कार्की ६४ हजार घुससहित पक्राउ

काठमाडौं, १६ भदौ । कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर दिपा कार्की ६४...

बोडेमा ऐतिहासिक निलबाराही नाच प्रदर्शन

भक्तपुर, १६ भदौ । मध्यपुरथिमि नगरपालिकास्थित बोडेमा ऐतिहासिक नीलबाराही नाच प्रदर्शन गरिएको छ । हरेक वर्ष भाद्र द्वितीयादेखि...