बागमती प्रदेशबाट २ करोड ७५ लाख रूपैयाँको विपत् प्रतिकार्य सामग्री हस्तान्तरण

Date:

Share post:

Suryabinayak Nagarpalika

मकवानपुर, २७ असार । बागमती प्रदेश सरकारले तीन वटै सुरक्षा निकायलाई विपद् पूर्वतयारीका लागि आवश्यक पर्ने सामग्री हस्तान्तरण गरेको छ । मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले शनिबार २ करोड ७५ लाख रुपैयाँ बराबरका सामग्री सुरक्षा निकायलाई हस्तान्तरण गरेका हुन् । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा प्रदेशले नेपाली सेनाकालागि ७५ लाख ६२ हजार २९९, प्रहरीका लागि ५४ लाख ६६ हजार ४८८ र सशस्त्र प्रहरीलाई १ करोड १६ लाख ८३ हजार ५२२ रुपैयाँ बराबरको विपद् प्रतिकार्यका लागि आवश्यक सामग्री उपलब्ध गराएको हो । जसमा अत्याधुनिक ड्रोनदेखि वाटर रेस्क्यु इक्युपमेन्टलगायतका सामग्री रहेका छन् ।

मनसुन सक्रिय भएसँगै बाढीपहिरो, डुबान तथा सडक अवरोधको जोखिम अनुमान गर्दै प्रदेश सरकारले विपद् पूर्वतयारीलाई तिव्रता दिएको छ । विगतका विपद्बाट प्राप्त अनुभवलाई आधार बनाएर सम्भावित जोखिमको पूर्वानुमान, राहत सामग्रीको व्यवस्थापन, सूचना प्रणाली सुदृढीकरण र उद्धार संयन्त्रलाई थप प्रभावकारी बनाउने तयारी अनुसार मुख्यमन्त्री बानियाँले सुरक्षा निकायसँग छलफल पनि गरेका छन् । जोखिम बढी भएका स्थान पहिचान गरी त्यहाँ आवश्यक स्रोत–साधन, जनशक्ति र उद्धार सामग्री अग्रीम रुपमा व्यवस्थापन गर्ने रणनीति अपनाइएको छ ।  

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मलेसिया जाने श्रमिकसँग गैरकानूनी शुल्क लिएको आरोपमा चार जना पक्राउ

काठमाडौं, २९ असोज । मलेसियामा वैदेशिक रोजगारीमा जानका लागि स्वास्थ्य परीक्षण गराउने श्रमिकसँग सरकारले तोकेको शुल्कबाहेक अतिरिक्त रकम...

रानीपोखरीमा एक पुरुष मृत फेला

काठमाडौं, २९ असोज । रानीपोखरीमा एक व्यक्ति मृत फेला परेका छन् । अन्दाजी ३५/४० वर्षका पुरुष बिहीबार बिहान...

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं, २९ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको...

हेटौंडा-भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा टाइमकार्ड

हेटौंडा, २९ असोज । हेटौंडाबाट काठमाडौं जाने छोटो वैकल्पिक मार्ग हेटौंडा-भैंसे-भीमफेदी-कुलेखानी-सिस्नेरी, फाखेल, दक्षिणकाली र फर्पिङ हुँदै आउजाउ गर्ने...