बागमती प्रदेश ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा

Date:

Share post:

Suryabinayak Nagarpalika

मकवानपुर, २७ असार । बागमती प्रदेशलाई ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा गरिएको छ । शुक्रबार हेटौंडामा आयोजित एक समारोहमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त प्रदेश घोषणा गरेका हुन् । उनले घोषणालाई निरन्तरता दिने प्रतिबद्धता पत्रमा पनि हस्ताक्षर गरेका छन्। ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा गरिएको बागमती तेस्रो प्रदेश हो । यसअघि कर्णाली र गण्डकी प्रदेशलाई घोषणा गरिसकेको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले मानवसेवा आश्रमसँगको सहकार्यमा यो घोषणा गरिएको हो । प्रदेशभर सडकमा सहयोगापेक्षी अवस्थामा रहेका व्यक्तिको व्यवस्थापन तथा पुनर्स्थापनाको अभियानलाई औपचारिक रुपमा घोषणा गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए ।

सहयोगापेक्षी सडक आश्रित मानवमुक्त गर्ने उद्देश्यले हेटौंडा उपमहानगरपालिका-९ लामसुरेधापस्थित मानवसेवा आश्रम १४ वर्षदेखि काम गर्दै आएको छ । २३ जिल्लाका ३४ स्थानमा शाखा स्थापना गरेर काम गरिरहेको आश्रमले बागमती प्रदेशको मकवानपुरसहित चितवन, काठमाडौं, ललितपुर, भक्तपुर र धादिङसहित १० जिल्लामा सेवा विस्तार गरेको छ ।
बागमतीमा हेटौंडासहित १० वटा आश्रममा शुक्रबारसम्म ३३२ महिला र ५७९ पुरुष गरी ९ सय ११ जनाले आश्रय लिइरहेका छन् । हेटौंडाबाट सुरु भएको मानवसेवा आश्रमले हालसम्म बागमती प्रदेशका विभिन्न जिल्लाबाट १ हजार ७ सय जना भन्दाबढीको उद्धार गरेको जनाएको छ । उद्धार गरिएका कतिपयलाई पारिवारिक पुनर्मिलन गराएको अध्यक्ष अधिकारीले जानकारी दिए । २०८२ सालमै ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ देश घोषणा गर्ने लक्ष्य लिइए पनि जेनजी आन्दोलन, निर्वाचनलगायतका कारण पूरा नभएको अध्यक्ष अधिकारीले बताए ।  मानव सेवा आश्रमको मुख्यालय रहेको हेटौंडामा २५० जना आश्रित छन् । बागमती प्रदेश सरकारले मानव सेवा आश्रमलाई चालु आवमा २५ लाख रुपैयाँ उपलब्ध गराएको थियो भने आगामी आवका लागि २ करोड रुपैयाँ विनियोजन गरेको छ ।

विभिन्न कारणले घरपरिवारवाट विस्थापित भएर सडकमा कष्टकर जीवन विताइरहेकालाई मायाप्रेम दिने एवं परिवारमा पुर्नस्थापना गर्ने उद्देश्यले मानव सेवा आश्रम स्थापना गरेको आश्रमका अध्यक्ष अधिकारीले बताए । उनले भने,‘सडकबाट उद्धार गरेर ल्याएकामध्ये ५ हजार भन्दाबढी बृद्धबृद्धालाई परिवारमै पुर्नस्थापना गरिसकेका छौं ।’
संघीय सरकारले गत आवदेखि मानव सेवा आश्रममा रहेकाहरुको पालनपोषणका लागि प्रतिव्यक्ति मासिक ३ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । सरकारले उपलब्ध गराएको उक्त रकमले आश्रय लिएकाहरुलाई पालनपोषण गर्न सहज भएको अध्यक्ष अधिकारीले बताए ।
आगामी साउनमा लुम्बिनी र कात्तिकमा कोशी प्रदेशलाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त प्रदेश घोषणा गरिने आश्रमले जनाएको छ ।  कर्णाली प्रदेशलाई २०७६ सालमै सहयोगापेक्षी सडकआश्रित मानवमुक्त प्रदेश घोषणा गरिएको थियो भने गण्डकी प्रदेश २०७८ सालमा घोषणा गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बाढी प्रभावित बालबालिकालाई अनुमतिबिना बालगृहमा नलैजान आग्रह

काठमाडौं, १४ भदौ । राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी र त्रिशूली बाढीबाट प्रभावित बालबालिकालाई सम्बन्धित निकायको अनुमति र...

रसुवा बाढी अपडेट : ७३४ शव फेला, दुई हजार ४९८ जना अझै बेपत्ता

काठमाडौं, १४ भदौ । रसुवाको बाढीमा (भोटेकोशी) परेका ७३४ जनाको शव फेला परेको छ भने, हालसम्म दुई हजार...

सूर्यविनायक नगरपालिकाले बाढी पिडितलाई ५५ लाख रुपैंया सहयोग गर्ने

भक्तपुर, १४ भदौ । सूर्यविनायक नगरपालिकाले रसुवा (भोटेकोशी) बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत...

दिवंगतको सम्झनामा भक्तपुरमा गाईजात्रा मनाइँदै

भक्तपुर, १३ भदौ । भक्तपुरका बासिन्दाले वर्षदिनभरि दिवंगत भएका आफन्तको सम्झनामा गाईजात्रा पर्व मनाएका छन् । शनिबार बिहानदेखि...