‘द सोल अफ टिचिङ’ पुस्तक लोकार्पण : बाबा सरको शैक्षिक योगदानको स्मरण

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, १६ असार । शिक्षा क्षेत्रमा आजीवन समर्पति, अनुकरणीय जीवनशैली र प्रेरणादायी शिक्षण पद्धतीका लागि परिचित बाबा सरको स्मृतीमा प्रकाशित पुस्तक ‘द सोल अफ टिचिङ’ (The Soul of Teaching) एक विशेष समारोहबीच लोकार्पण गरिएको छ। सरस पाठशालाको प्रकाशन र इन्द्र प्रसाद खाइतुको विशेष पहलमा तयार पारिएको उक्त पुस्तकको लोकार्पण कार्यक्रम विद्या विकास विद्यालयमा शनिबार सम्पन्न भएको हो। बाबा सरले दुई दशकभन्दा बढी समय अङ्‌ग्रेजी शिक्षकका रूपमा पुर्याएको योगदानको स्मरण गर्दै विद्यालयमा आयोजित उक्त कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक र विभिन्न क्षेत्रका व्यक्तिहरुको उल्लेख्य उपस्थति रहेको थियो ।

कार्यक्रममा बोल्दै सरस पाठशालाका निर्देशक इन्द्र प्रसाद खाइतुले बाबा सरसँग करबि २५ वर्ष सहकार्य गरेको अनुभव सुनाउँदै भने, “बाबा सरको जीवन र शिक्षण यात्राबाट म अत्यन्तै प्रेरति छु। उहाँको जीवनदर्शन र शिक्षण आदर्शलाई भावी पुस्तामाझ पुर्याउने उद्देश्यले यो पुस्तक प्रकाशन गरिएको हो।”

पुस्तकका सम्पादक तथा बाबा सरका सहकर्मी किरण थापाले पुस्तकमा बाबा सरको शिक्षण दर्शन, जीवन मूल्य, समर्पण र विभिन्न व्यक्तिहरूका अनुभव तथा संस्मरणहरू समेटिएको जानकारी दिए ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले वर्तमान पुस्तालाई सिर्जनशील, आत्मनिर्भर र जिम्मेवार बनाउन बाबा सरजस्ता इमानदार र समर्पित शिक्षकहरूको आवश्यकता अझ बढी रहेको धारणा व्यक्त गरे। उनले बाबा सरको शिक्षण शैली र जीवनदृष्टा आजका शिक्षक तथा विद्यार्थीका लागी प्रेरणाको स्रोत भएको बताए।

उक्त पुस्तकमा नेपालसहित फ्रान्स, इटाली, भियतनाम, जर्मनी, दक्षिण अफ्रिका, टर्की, ग्रिस र बेल्जियमका शिक्षाविद, सामाजिक उद्यमी, विद्यार्थी, शिक्षक, पत्रकार, लेखक र प्राध्यापकहरूले आफ्‌ना धारणा साटासाट गरेका छन्। उनीहरूले लेखमार्फत बाबा सरको इमानदारी र समर्पणलाई उच्च कदर गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मुख्यमन्त्री थापाले बोलाए बागमतीमा सर्बदलिय बैठक, उद्धार र राहत बितरण जारी राखिने

हेटौंडा, १४ भदौ । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पुगेको क्षति र आगामी रणनीतिबारे छलफल...

बाढी प्रभावित बालबालिकालाई अनुमतिबिना बालगृहमा नलैजान आग्रह

काठमाडौं, १४ भदौ । राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी र त्रिशूली बाढीबाट प्रभावित बालबालिकालाई सम्बन्धित निकायको अनुमति र...

रसुवा बाढी अपडेट : ७३४ शव फेला, दुई हजार ४९८ जना अझै बेपत्ता

काठमाडौं, १४ भदौ । रसुवाको बाढीमा (भोटेकोशी) परेका ७३४ जनाको शव फेला परेको छ भने, हालसम्म दुई हजार...

सूर्यविनायक नगरपालिकाले बाढी पिडितलाई ५५ लाख रुपैंया सहयोग गर्ने

भक्तपुर, १४ भदौ । सूर्यविनायक नगरपालिकाले रसुवा (भोटेकोशी) बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत...