सूर्यविनायक नगरपालिका-८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, १६ असार । सूर्यविनायक नगरपालिकाका.८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियानअन्तर्गत बुधबार सूर्यविनायक नगरपालिका-८ लाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरेकाे हो । नगरप्रमुख बासुदेव थापाले डोलेश्वर महादेव मन्दिरपरिसरमा आयोजित कार्यक्रमका बीच वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरी प्रमाणपत्र प्रदान गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले विकास निर्माणमा अग्रणी  सूर्यविनायक नगरपालिका भक्तपुर जिल्लाका चारवटा स्थानीय तहमध्ये बालमैत्री स्थानीय शासनयुक्त घोषणा हुने पहिलो पालिका बनाउँन सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

स्थानीय सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ ले तय गरेको ५१ सूचक पूरा गरेसँगै नगरपालिकाले १० वटै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियान सञ्चालन गरिरहेको नगर प्रमुख थापाको भनाई छ । असार १७ गतेसम्ममा नगरपालिकाका सबै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियान पूरा गरेर त्यसको दिगोपनका लागि प्राथमिकता दिने नगर प्रमुख थापाले बताएका छन् । बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणासँगै नगरपालिकाले बालबालिका र बृद्वबृद्वाका क्षेत्रमा प्रयाप्त बजेट विनियोजन गरेर अभियानलाई सार्थक बनाउने नगर प्रमुख थापाले बताए । आफ्नो ९ वर्षको कार्यकालमा जनताले तिरेको करको सहि सदुपयोग गरेको नगर प्रमुख थापाको दाबी छ ।

कार्यक्रममा नगर उपप्रमुख सरिता तिम्सिना भट्टराईले सूर्यविनायक नगरपालिकाले विकास निर्माणसँगै बृद्धबृद्धा, बालबालिकाका क्षेत्रमा लक्षित बजेटको व्यवस्था गरेको बताएकी छन् । नगरपालिकाका सबै कार्यालय बालमैत्री र अपाङ्गतामैत्री रहेको जानकारी दिँदै उपप्रमुख तिम्सिनाले विपद् व्यवस्थापन योजनामा बालबालिकाको सुरक्षा र आवश्यकतालाई प्राथमिकता दिइएको बताइन् ।

तोकिएका सूचकमध्ये ९५ देखि १०० प्रतिशतसम्मको प्रगति हासिल गरेकाले नगरपालिकाका १० वटै वडालाई ‘बालमैत्री स्थानीय शासन युक्त वडा’ घोषणा गरिएको नगरपापालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले बताए । प्रमुख आचार्यका अनुसार, सूर्यविनायक नगरपालिकाले विगत वर्षदेखि हालसम्म प्रत्येक वडालाई १० लाखका दरले एक करोड र नगरपालिकाले ७० लाख गरी कुल एक करोड ७० लाख बजेटको व्यवस्था गरी बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियान सुरु गरेको हो ।

कार्यक्रममा वडाध्यक्ष पुष्पराज बस्नेतले बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्नका लागि पूरा गर्नुपर्ने सूचकहरूमध्ये बालविवाह, बालश्रम, बाल हिंसा पूर्ण रूपमा निषेधित रहेको, सबै बालबालिकाको जन्मदर्ता, विद्यालय भर्ना र गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित भएको बताए । वडामा बालविवाह पूर्ण रूपमा निषेध रहेको, बालश्रम हुने नगरेको, बालबालिकाविरुद्ध हुने शारीरिक, मानसिक वा यौनजन्य हिंसा र दुव्र्यवहार पूर्ण रूपमा रोकिएको वडाअध्यक्ष बस्नेतको भनाई छ। कार्यक्रममा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियानमा सहयोग पुर्याउने वडा बाल सञ्जाल नगर बाल सञ्जाल, विद्यालय, स्वास्थ संस्था स्वयंसेविकालाई कदरपत्रसहित सम्मान गरिएको छ । त्यसैगरी, खानेपानी समिति, रेडक्रस, सहकारी संस्था, सांस्कृतिक समूहलाई कार्यक्रममा कदरपत्र प्रदान गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मुख्यमन्त्री थापाले बोलाए बागमतीमा सर्बदलिय बैठक, उद्धार र राहत बितरण जारी राखिने

हेटौंडा, १४ भदौ । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पुगेको क्षति र आगामी रणनीतिबारे छलफल...

बाढी प्रभावित बालबालिकालाई अनुमतिबिना बालगृहमा नलैजान आग्रह

काठमाडौं, १४ भदौ । राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी र त्रिशूली बाढीबाट प्रभावित बालबालिकालाई सम्बन्धित निकायको अनुमति र...

रसुवा बाढी अपडेट : ७३४ शव फेला, दुई हजार ४९८ जना अझै बेपत्ता

काठमाडौं, १४ भदौ । रसुवाको बाढीमा (भोटेकोशी) परेका ७३४ जनाको शव फेला परेको छ भने, हालसम्म दुई हजार...

सूर्यविनायक नगरपालिकाले बाढी पिडितलाई ५५ लाख रुपैंया सहयोग गर्ने

भक्तपुर, १४ भदौ । सूर्यविनायक नगरपालिकाले रसुवा (भोटेकोशी) बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत...