स्थानीय तहलाई ३ दिनभित्र कर्मचारी दरबन्दी विवरण पठाउन निर्देशन

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २० चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरू (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाँउपालिकाअर्न्तगतका निकायहरू)को कर्मचारीको स्वीकृत दरबन्दीको एकीकृत विवरण ३ दिनभित्र पठाउन निर्देशन दिएको छ । मन्त्रालयको संगठन विकास शाखाले जारी गरेको पत्रअनुसार सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने तथा एकीकृत जनशक्ति प्रक्षेपण तयार गर्ने उद्देश्यले स्थानीय तहलाई उक्त विवरण उपलब्ध गराउन भनिएको हो ।

पत्रमा स्थानीय तहअन्तर्गतका निकायहरूका कर्मचारीहरूको स्वीकृत दरबन्दीको एकमुष्ट विवरण तयार गरी मन्त्रालयको इमेल ठेगानामा पठाउन भनिएकाे छ । मन्त्रालयले तोकिएको समयसीमाभित्र विवरण उपलब्ध गराउन नसके सेवा व्यवस्थापन र जनशक्ति योजना निर्माणमा समस्या आउने उल्लेख गरेको छ । साथै, सूचना तथा प्रविधि शाखालाई उक्त विवरण वेबसाइटमा अपलोड गर्ने जिम्मेवारी समेत दिएको छ । नयाँ सरकार गठनसँगै मन्त्रालयले स्थानीय तहमा रिक्त कर्मचारीको खटाउँदै आइरहेको छ । 

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

ग्यास बोकेको बुलेट र मोटरसाइकल ठोक्किएर दुर्घटना, ९ वर्षीय बालकको मृत्यु

काभ्रेपलान्चोक, ०१ कार्तिक । काभ्रेको बनेपा नगरपालिका-१३ भैँसेपाटीमा ग्यास बोक्ने बुलेट गाडी र मोटरसाइकल ठोक्किँदा एक बालकको मृत्यु...

गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबारको दशैँघरमा भित्र्याइयो

काठमाडौं, ३१ असोज । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्वका अवसरमा घर-घरमा शास्त्रीय...

सूर्यविनायक अन्तरवडा फुटबलको उपाधि वडा नं. १० चित्तपोललाई

भक्तपुर, ३१ असोज । सूर्यविनायक नगरपालिकामा आयोजित अन्तरवडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १० चित्तपोलले हासिल गरेको छ।...

आर्थिक कारणले पर्व कसैका लागि बोझ बन्नु हुँदैन : प्रधानमन्त्री शाह

काठमाडौं, ३१ असोज । प्रधानमन्त्री बालेन्द्र शाहले आर्थिक कारणले दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्न नहुने बताएका...