शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाल पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २१ चैत । शंकर ग्रुपका सञ्चालक श‌ंकर अग्रवाल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराेले शुक्रबार अग्रवाललाई काठमाडौंबाट पक्राउ गरेकाे हाे ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अग्रवालविरुद्ध अनुसन्धान भइरहेकाे छ । विभागले यसैकाे अनुसन्धानका क्रममा पक्राउ गरी उपस्थित गराइदिन ब्युराेलाई पत्र पठाएकाे थियाे ।
व्यापारी दीपक भट्ट सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेसँगै शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ परेका हुन् । प्रहरी स्रोतका अनुसार शंकर ग्रुपका अन्य सदस्य पनि अनुसन्धानमा तानिएका छन् ।
अग्रवाल शंकर ग्रुपका संस्थापक अध्यक्ष हुन् । शंकर ग्रुप नेपालको एक अग्रणी व्यावसायिक घराना हो । मुख्य कम्पनी जगदम्बा स्टिल हो । यो समूहले नेपालमा स्टिलसँगै, सिमेन्ट, जलविद्युत्, उपभोक्ता वस्तु, व्यापारलगायत क्षेत्रमा लगानी गरेको छ ।
यो समूहले पछिल्ला वर्षहरुमा अर्का विवादित व्यवसायी दीपक भट्टसँगको साझेदारीमा धेरै व्यवसाय सञ्चालन गर्दै आएको छ । भट्टलाई  प्रहरीले बिहीबार नै पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सोही क्रममा शुक्रबार अग्रवाललाई पनि पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

९ बुँदे सहमतिपछि मिटरब्याज विरुद्धको आन्दोलन स्थगित

काठमाडौं, ०२ साउन । ९ दिनदेखि जारी मिटरब्याजविरुद्धको आन्दोलन सरकार र पीडित पक्षबीच ९ बुँदे सहमति भएपछि स्थगित...

आश्रम आश्रित बालबालिकाको संस्थागत सामाजिक उत्तरदायित्व कार्यान्वयनका लागि त्रिपक्षीय सम्झौता

काठमाडौं, ०२ साउन । मानव सेवा आश्रममा आश्रित बालबालिकाको शिक्षा र काठमाडौंबाट उद्धार तथा पुनःस्थापना गरिने व्यक्तिहरुको उपचारका...

काठमाडौंमा पाँच वटा सवारी एक आपसमा ठोक्किँदा १० जना घाइते

काठमाडौं, ०१ साउन । काठमाडौं महानगरपालिका-४ कत्तार भिसा सेन्टरअगाडि सडकखण्डमा भारतीय नम्बर प्लेटको कारसहित पाँच सवारीसाधन एकआपसमा ठोक्किँदा...

भक्तपुरमा एक वर्षमै ४२ अर्ब २३ करोड खर्च

भक्तपुर, ०१ असार । गत आर्थिक वर्ष २०८२ /०८३ मा भक्तपुर जिल्लामा चालु र पूँजीगत गरी ४२ अर्ब...