सभामुखमा रास्वपाका अर्यालको मात्र उम्मेदवारी

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २० चैत । प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालको मात्रै उम्मेदवारी परेको छ । सभामुखका लागि आज बिहान ११ देखि अपराह्न २ बजेसम्म संघीय संसद् सचिवालयको काठघर नं. १ मा उम्मेदवारी दर्ताका लागि समय तोकिएको थियो । उक्त अवधिमा अर्यालको मात्र उम्मेदवारी दर्ता भएको हो ।
अर्यालको उम्मेदवारीको प्रस्तावक रास्वपा सभापति एवं सांसद रवि लामिछाने र समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहका छन् ।
एकजनाको मात्रै प्रस्ताव परेका कारण प्रस्तावक सदस्यहरूले २२ चैतमा बस्ने बैठकमा प्रस्ताव प्रस्तुत गर्ने र समर्थन गर्ने सदस्यहरूले समर्थन गरिसकेपछि एक मात्रै प्रस्ताव पर्न आएकाले त्यसपछि निर्विरोध घोषणा गरिने संसद् सचिवालयका सहसचिव एकराम गिरीले बताए ।अब आगामी आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा ‘सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

९ बुँदे सहमतिपछि मिटरब्याज विरुद्धको आन्दोलन स्थगित

काठमाडौं, ०२ साउन । ९ दिनदेखि जारी मिटरब्याजविरुद्धको आन्दोलन सरकार र पीडित पक्षबीच ९ बुँदे सहमति भएपछि स्थगित...

आश्रम आश्रित बालबालिकाको संस्थागत सामाजिक उत्तरदायित्व कार्यान्वयनका लागि त्रिपक्षीय सम्झौता

काठमाडौं, ०२ साउन । मानव सेवा आश्रममा आश्रित बालबालिकाको शिक्षा र काठमाडौंबाट उद्धार तथा पुनःस्थापना गरिने व्यक्तिहरुको उपचारका...

काठमाडौंमा पाँच वटा सवारी एक आपसमा ठोक्किँदा १० जना घाइते

काठमाडौं, ०१ साउन । काठमाडौं महानगरपालिका-४ कत्तार भिसा सेन्टरअगाडि सडकखण्डमा भारतीय नम्बर प्लेटको कारसहित पाँच सवारीसाधन एकआपसमा ठोक्किँदा...

भक्तपुरमा एक वर्षमै ४२ अर्ब २३ करोड खर्च

भक्तपुर, ०१ असार । गत आर्थिक वर्ष २०८२ /०८३ मा भक्तपुर जिल्लामा चालु र पूँजीगत गरी ४२ अर्ब...