एमाले सचिव बस्नेतलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै परेको रिट खारेज

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १९ चैत । एमाले सचिव महेश बस्नेतविरूद्ध बलात्कार मुद्दामा अनुसन्धान गरी कारबाही अघि बढाउने परमादेश माग्दै शोभा पाठकले दिएको रिट उच्च अदालत पाटनले खारेज गरेको छ। बुधबार न्यायाधीश सोमकान्त मैनाली र केशव प्रसाद अधिकारीको इजलासले पाठकको रिट खारेज गर्ने निर्णय सुनाएको हो। पाठकले २ वर्षअघि बस्नेतविरूद्ध बलात्कार गरेको आरोप लगाउँदै जाहेरी दिएकी थिइन्।

उक्त जाहेरीमा अनुसन्धान गर्दा उचित प्रमाण फेला नपरेको भनेर जिल्ला सरकारी वकिल कार्यालयले तामेलीमा राख्ने निर्णय गरेको थियो। उक्त निर्णय विरूद्ध पाठक रिट लिएर उच्च अदालत पाटन गएकी थिइन्। त्यो रिटमा पनि खारेज भएको हो। त्यसपछि पाठकले बस्नेतविरूद्ध पूरक जाहेरी दिएकी थिइन्। बलात्कार, भ्रूण हत्या गरेको भन्दै दिएको उक्त जाहेरीमाथि अनुसन्धान गर्दा पनि सरकारी वकिल कार्यालयले मुद्दा चलाउन नपर्ने भनेर निर्णय गरेको थियो।

उक्त निर्णयविरूद्ध पाठक फेरि उच्च अदालत पाटन आएकी थिइन्। सोही रिट पनि आज खारेज भएको छ। ‘उक्त पूरक जाहेरी दरखास्तमा उल्लिखित थप प्रमाण र अन्य संवद्ध प्रमाण बुझी अनुसन्धानको कारबाही अगाडि बढाउनु भनी परमादेश जारी गरी पाउन प्रस्तुत रिट निवेदन दायर गरेको देखियो,’ आदेशमा भनिएको छ,  ‘काठमाडौं जिल्ला अदालतबाट मिति २०८२/१२/१६ मा आदेश भएकाले कारबाही प्रक्रिया अगाडि बढिरहेको भन्ने समेत देखिँदा निवेदकको मागबमोजिम उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिरहनु परेन। तसर्थ निवेदकको माग बमोजिमको आदेश जारी गर्नुपर्ने अवस्थाको विद्यमानता नदेखिरा प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ।’

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बडादसैँको मुख्य दिन आज, टीकाको उत्तम साइत बिहान १०ः२६ बजे

काठमाडौं, ०४ कार्तिक । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक...

ललितपुरमा मनाइयो पायः (खड्ग) जात्रा

ललितपुर, ०४ कार्तिक । महानवमीको अवसरमा ललितपुरको पाटनमा परम्परागत ‘पायः जात्रा’ अर्थात् खड्ग जात्रा हर्षोउल्लासका साथ मनाइएको छ।...

कलासंस्कृति जगेर्नामा प्रदेश सरकारले उचित नीति लिन्छ: मुख्यमन्त्री थापा मगर

भक्तपुर, ०३ कार्तिक । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले देशको पहिचानका रुपमा रहेका धर्म, कला, संस्कार, संस्कृति र...

दसैंको मौका छोपेर काठमाडौं भित्र्याउन खोजिएको लागुऔषध बरामद

काठमाडौं, ०३ कार्तिक । दसैंको मौका छोपेर काठमाडौं उपत्यकामा ठूलो परिमाणमा लागूऔषध भित्र्याउन खोजिएको छ। प्रहरीले दक्षिणकालीको फर्पिङ...