३५ हजार ५१६ क्याप्सुल ट्रामाडोलसहित ४ जना पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १९ चैत । ३५ हजार ५१६ क्याप्सुल ट्रामाडोलसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोले चार जनालाई लागुऔषध ट्रामाडोलसहित पक्राउ गरेको एसपी दुर्गाराज रेग्मीले जानकारी दिए।
पक्राउ पर्नेहरुमा नुवाकोट शिवपुरी-६ का ३५ वर्षीय सुरेश तामाङ, दोलखाका २२ वर्षीय सञ्जिब घिसिङ, धनुषाका २२ वर्षीय सुरेन्द्रकुमार रौनिहार र काठमाडौंका २३ वर्षीय रोहित राना मगर छन्।
सुरेशबाट प्रहरीले सबैभन्दा धेरै ट्रामाडोल बरामद गरेको हो। उनीबाट ३१ हजार ८०० वटा ट्रामाडोल बरामद भएको थियो। बाँकीबाट अन्य बरामद गरेको हो।
सुरेश र रोहित लागुऔषध मुद्दामै यसअघि पनि पक्राउ परेका व्यक्ति हुन् । उनीहरू भदौ २४ गते जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट भागेका थिए।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बडादसैँको मुख्य दिन आज, टीकाको उत्तम साइत बिहान १०ः२६ बजे

काठमाडौं, ०४ कार्तिक । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक...

ललितपुरमा मनाइयो पायः (खड्ग) जात्रा

ललितपुर, ०४ कार्तिक । महानवमीको अवसरमा ललितपुरको पाटनमा परम्परागत ‘पायः जात्रा’ अर्थात् खड्ग जात्रा हर्षोउल्लासका साथ मनाइएको छ।...

कलासंस्कृति जगेर्नामा प्रदेश सरकारले उचित नीति लिन्छ: मुख्यमन्त्री थापा मगर

भक्तपुर, ०३ कार्तिक । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले देशको पहिचानका रुपमा रहेका धर्म, कला, संस्कार, संस्कृति र...

दसैंको मौका छोपेर काठमाडौं भित्र्याउन खोजिएको लागुऔषध बरामद

काठमाडौं, ०३ कार्तिक । दसैंको मौका छोपेर काठमाडौं उपत्यकामा ठूलो परिमाणमा लागूऔषध भित्र्याउन खोजिएको छ। प्रहरीले दक्षिणकालीको फर्पिङ...