मध्यपुर थिमि नगरपालिकाद्वारा ५० प्रतिशत अनुदानमा गोलासहितको मौरी घार वितरण

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, १८ चैत । मध्यपुर थिमि नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा गोलासहितको मौरीको घार वितरण गरेको छ । नगरपालिकाले कृषकहरूलाई व्यावसायिक उत्पादनतर्फ आकर्षित गर्ने उद्देश्यले गोलासहितको मौरी घार वितरण गरेको जनाएको छ। नगरपालिकाको कृषि शाखाको आर्थिक वर्ष ०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा यी घारहरू वितरण गरिएको हो।

नगरपालिकामा आयोजित एक विशेष कार्यक्रमका बीच नगर उप-प्रमुख विजय कृष्ण श्रेष्ठले कृषकहरूलाई मौरीको घार हस्तान्तरण गरेका हुन् । कार्यक्रममा नगरउप-प्रमुख श्रेष्ठले नगरपालिकाले कृषिलाई आधुनिकीकरण र व्यावसायिक बनाउन निरन्तर लगानी गरिरहेको बताएका छन्। ‘मौरी पालनले कृषकको आयआर्जनमा मात्र वृद्धि गर्दैन, यसले समग्र वातावरणको पनि मद्दत पुर्‍याउँछ,’ उनले भने ।
नगरपालिकाले कृषिमा आत्मनिर्भर बनाउने नीति अनुरूप यस वर्ष विभिन्न वडाका लक्षित कृषकहरूलाई छनौट गरी यो सहयोग उपलब्ध गराएको हो।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बडादसैँको मुख्य दिन आज, टीकाको उत्तम साइत बिहान १०ः२६ बजे

काठमाडौं, ०४ कार्तिक । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक...

ललितपुरमा मनाइयो पायः (खड्ग) जात्रा

ललितपुर, ०४ कार्तिक । महानवमीको अवसरमा ललितपुरको पाटनमा परम्परागत ‘पायः जात्रा’ अर्थात् खड्ग जात्रा हर्षोउल्लासका साथ मनाइएको छ।...

कलासंस्कृति जगेर्नामा प्रदेश सरकारले उचित नीति लिन्छ: मुख्यमन्त्री थापा मगर

भक्तपुर, ०३ कार्तिक । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले देशको पहिचानका रुपमा रहेका धर्म, कला, संस्कार, संस्कृति र...

दसैंको मौका छोपेर काठमाडौं भित्र्याउन खोजिएको लागुऔषध बरामद

काठमाडौं, ०३ कार्तिक । दसैंको मौका छोपेर काठमाडौं उपत्यकामा ठूलो परिमाणमा लागूऔषध भित्र्याउन खोजिएको छ। प्रहरीले दक्षिणकालीको फर्पिङ...