मध्यपुर थिमि नगरपालिकाद्वारा ५० प्रतिशत अनुदानमा गोलासहितको मौरी घार वितरण

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, १८ चैत । मध्यपुर थिमि नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा गोलासहितको मौरीको घार वितरण गरेको छ । नगरपालिकाले कृषकहरूलाई व्यावसायिक उत्पादनतर्फ आकर्षित गर्ने उद्देश्यले गोलासहितको मौरी घार वितरण गरेको जनाएको छ। नगरपालिकाको कृषि शाखाको आर्थिक वर्ष ०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा यी घारहरू वितरण गरिएको हो।

नगरपालिकामा आयोजित एक विशेष कार्यक्रमका बीच नगर उप-प्रमुख विजय कृष्ण श्रेष्ठले कृषकहरूलाई मौरीको घार हस्तान्तरण गरेका हुन् । कार्यक्रममा नगरउप-प्रमुख श्रेष्ठले नगरपालिकाले कृषिलाई आधुनिकीकरण र व्यावसायिक बनाउन निरन्तर लगानी गरिरहेको बताएका छन्। ‘मौरी पालनले कृषकको आयआर्जनमा मात्र वृद्धि गर्दैन, यसले समग्र वातावरणको पनि मद्दत पुर्‍याउँछ,’ उनले भने ।
नगरपालिकाले कृषिमा आत्मनिर्भर बनाउने नीति अनुरूप यस वर्ष विभिन्न वडाका लक्षित कृषकहरूलाई छनौट गरी यो सहयोग उपलब्ध गराएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

त्रिशूलीनदीमा तुइन निमार्ण सुरु

काठमाडौं, १७ भदौ । बाग्मती प्रदेशका सरकारले भोटेकोशीमा आएको भीषण बाढीपछिको असहज अवस्थालाई मध्यनजर गर्दै त्रिशूली नदीमा तुइन...

नागढुंगामा सडक भासिएपछि सुरुङमार्ग खुला

काठमाडौं, १७ भदौ । काठमाडौंबाट मुग्लिनतर्फ बाहिरिने सवारी साधनमध्ये पेट्रोलियम पदार्थ बोकेका र दुई पाङ्ग्रे सवारी साधनबाहेक सबैलाई...

कागेश्वरीकी इन्जिनियर दिपा कार्की ६४ हजार घुससहित पक्राउ

काठमाडौं, १६ भदौ । कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर दिपा कार्की ६४...

बोडेमा ऐतिहासिक निलबाराही नाच प्रदर्शन

भक्तपुर, १६ भदौ । मध्यपुरथिमि नगरपालिकास्थित बोडेमा ऐतिहासिक नीलबाराही नाच प्रदर्शन गरिएको छ । हरेक वर्ष भाद्र द्वितीयादेखि...