प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने शिक्षामन्त्रीको निर्णय

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, १५ चैत । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले विभिन्न तहमा भर्ना लक्षित प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय गरेको छन् । शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले १ वैशाख २०८३  देखि यस्ता कक्षाहरू पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेका हुन् ।

मन्त्रालयका प्रवक्ता तथा सहसचिव शिवकुमार सापकोटाले प्रेस विज्ञप्ति जारी गरेर निर्णय बारे जानकारी गराएका छन् । विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना लक्षित प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्सको नाममा विभिन्न संस्थाहरुले सञ्चालन गर्दै आएका कार्यक्रमहरु बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यस्ता कार्यक्रमहरू सञ्चालन भए अनुगमन गरी प्रचलित कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाउनेसम्बन्धी जिल्ला प्रशासन कार्यालयहरूलाई अनुरोध गरिने मन्त्रालयले जनाएको छ ।

‘विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनुभन्दा अगाडि भर्नालाई लक्षित गरी विभिन्न संस्थाहरुले प्रवेश परीक्षा तयारी कक्षा एवं ब्रिज कोर्सका नाममा कार्यक्रम सञ्चालन गर्दै आएको पाइएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञान तथा शिक्षामा समातामूलक पहुँचमा नकारात्मक प्रभाव पार्ने र विद्यार्थीका लागि अनावश्यक आर्थिक बोझ समेत पर्न जाने देखिन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Helio School
Helio School

सम्बन्धित लेखहरू

प्रधानमन्त्रीले नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नू गम्भीर राष्ट्रघात : नेकपा

काठमाडौं, १८ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभामा प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धमा व्यक्त गरेको धारणा...

काठमाडौं महानगरको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण 

काठमाडौं, १८ जेठ । काठमाडौं महानगरपालिकाले आइतबार (जेठ १७ गते) लिएको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना...

बजेटको आकार घटाउँदै बागमती प्रदेश सरकार

मकवानपुर, १८ जेठ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणका लागि मन्त्रालयहरुलाई बजेटको सिलिङ...

प्रधानमन्त्री बालेन्द्र शाहको भनाइमा परराष्ट्रको प्रस्टीकरण

काठमाडौं, १८ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधिसभा बैठकमा 'नेपालले पनि भारतको जग्गा मिचेको छ' भनेर दिएको...