बढेपछि यातायातको भाडा समायोजन गर्न व्यवसायीको माग

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ३ चैत । पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि पछि सार्वजनिक यातायातको भाडा समायोजन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारसँग माग गरेको छ। नेपाल आयल निगमले जेठ २ गते रातिदेखि लागु हुने गरी डिजेलमा प्रतिलिटर १० रूपैयाँ र पेट्रोलमा १५ रूपैयाँ मूल्य बढाएपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो।
सार्वजनिक यातायात पूर्ण रूपमा इन्धनमा निर्भर हुने भएकाले मूल्य वृद्धि हुँदा त्यसको असर सिधै यातायात व्यवसायमा पर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।
यातायात व्यवस्था विभागले स्वचालित प्रणालीमार्फत भाडा समायोजन गर्दै आएको भए पनि २०७८ फागुन २२ यता भाडा समायोजन नभएको भन्दै व्यवसायीले असन्तुष्टि जनाएका छन्।
सवारी साधनसँग सम्बन्धित १३ सूचकलाई आधार बनाएर २०६५ सालमा तय गरिएको वैज्ञानिक विधिअनुसार तत्काल भाडा समायोजन गर्न पनि महासंघले माग गरेको छ।
संघीय रुटमा यातायात व्यवस्था विभागबाट र प्रदेश अन्तर्गतका रुटमा सातै प्रदेशका सम्बन्धित मन्त्रालयबाट यथाशीघ्र भाडा समायोजन गर्न महासंघले सरकारको ध्यानाकर्षण गराएको हो।
महासंघले मूल्यवृद्धि गरेर मात्र समस्या समाधान नहुने भन्दै निगमभित्रको आन्तरिक चुहावट नियन्त्रण गर्न, पेट्रोलियम पदार्थको खपत व्यवस्थापन गर्न तथा वैज्ञानिक विधि अपनाएर सहज आपूर्ति सुनिश्चित गर्न सरकारसमक्ष माग गरेको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

भिमफेदी बाँदरेभीरमा ईभी गाडी दुर्घटना, ११ जना घाइते

मकवानपुर, ०१ असोज । हेटौंडा-भैंसे सडकमा पर्ने भीमफेदी गाउँपालिका-१ बाँदरेभीरमा ईभी गाडी दुर्घटना हुँदा ११ जना यात्रु घाइते...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त

काठमाडौं, ०१ असोज । लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा...

ग्यास बोकेको बुलेट र मोटरसाइकल ठोक्किएर दुर्घटना, ९ वर्षीय बालकको मृत्यु

काभ्रेपलान्चोक, ०१ कार्तिक । काभ्रेको बनेपा नगरपालिका-१३ भैँसेपाटीमा ग्यास बोक्ने बुलेट गाडी र मोटरसाइकल ठोक्किँदा एक बालकको मृत्यु...

गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबारको दशैँघरमा भित्र्याइयो

काठमाडौं, ३१ असोज । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्वका अवसरमा घर-घरमा शास्त्रीय...