नेपाल सेयर मार्केटका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ३ चैत । बैंकिङ कसूर मुद्दामा ६ वर्ष कैद र २२ करोड ६७ लाख रुपैयाँभन्दा बढी जरिबाना ठहर भएका नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठ पक्राउ परेका छन्। लामो समयदेखि फरार रहेका ६९ वर्षीय श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को टोलीले आइतबार काठमाडौंको सितापाइलाबाट नियन्त्रणमा लिएको हो ।
नेपाल शेयर मार्केट्स एण्ड फाइनान्समा रहँदा श्रेष्ठले निक्षेपकर्ताको बचत र संस्थाको पुँजीमा अनियमितता गरी व्यक्तिगत लाभका लागि प्रयोग गरेको पुष्टि भएको थियो। नेपाल राष्ट्र बैंकको जाहेरीका आधारमा उनीमाथि बैंकिङ कसूर ऐन अन्तर्गत अनुसन्धान सुरु गरिएको थियो।

सर्वोच्च अदालतको २०८१ भदौ ५ गतेको फैसलाले उनलाई दुईवटा छुट्टाछुट्टै मुद्दामा दोषी ठहर गरेको थियो। पहिलो मुद्दामा ३ वर्ष कैद र १९ करोड ४६ लाख रुपैयाँ जरिबानाको फैसला सुनाएको थियो। दोस्रोमा ३ वर्ष कैद र ३ करोड २१ लाख रुपैयाँ जरिबानाको सजाय सुनाउने फैसला सुनाएको थियो।
अदालतले उनलाई कुल ६ वर्ष कैद र २२ करोड ६७ लाख ४१ हजार ३४३ रुपैयाँ जरिबानाको सजाय सुनाएको थियो। फैसलापछि फरार रहँदै आएका उनलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको सिआईबीका प्रवक्ता एसएसपी शिव कुमार श्रेष्ठले जानकारी दिए ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

भिमफेदी बाँदरेभीरमा ईभी गाडी दुर्घटना, ११ जना घाइते

मकवानपुर, ०१ असोज । हेटौंडा-भैंसे सडकमा पर्ने भीमफेदी गाउँपालिका-१ बाँदरेभीरमा ईभी गाडी दुर्घटना हुँदा ११ जना यात्रु घाइते...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त

काठमाडौं, ०१ असोज । लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा...

ग्यास बोकेको बुलेट र मोटरसाइकल ठोक्किएर दुर्घटना, ९ वर्षीय बालकको मृत्यु

काभ्रेपलान्चोक, ०१ कार्तिक । काभ्रेको बनेपा नगरपालिका-१३ भैँसेपाटीमा ग्यास बोक्ने बुलेट गाडी र मोटरसाइकल ठोक्किँदा एक बालकको मृत्यु...

गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबारको दशैँघरमा भित्र्याइयो

काठमाडौं, ३१ असोज । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्वका अवसरमा घर-घरमा शास्त्रीय...