श्वासप्रश्वास पुनःस्थापना केन्द्र, तुमचोमा फोक्सो परीक्षण शिविर सम्पन्न

Date:

Share post:

Changunarayan Nagarpalika

भक्तपुर, ३ चैत । भक्तपुर जिल्ला जनस्वास्थ्य कार्यालय र ख्वप अस्पतालको प्राविधिक सहयोग तथा भक्तपुर नगरपालिका ९ नं. वडा कार्यायलयको आयोजनामा श्वासप्रश्वास पुनःस्थापना केन्द्र, तुमचोमा फोक्सो परीक्षण शिविर गरेको छ । विश्व क्षयरोग दिवस (मार्च २४) को अवसरमा क्षयरोगमुक्त समाज निर्माण गर्ने अभियान अन्तर्गत उक्त शिविर भएको आयोजकले जनाएको छ । ए.आई प्रविधिको अत्याधुनिक एक्स रे मेसिन र विशेषज्ञ डाक्टरको उपस्थितिमा सम्पन्न उक्त शिविरमा ३२२ जना नागरिकहरुको परीक्षण गरिएको छ ।
शिविरमा २१९ जना महिला र १०३ जना पुरुषहरुको एक्स रे परीक्षण गरिएकोमा २६ जना महिला र ९ जना पुरुषहरुको खकार परीक्षण पनि गराइएको तथा ८ जनामा क्षयरोगका जीवाणुहरु देखिएको वडाध्यक्ष रविन्द्र ज्याख्वले जानकारी दिए । उनीहरुको निःशुल्क औषधी उपचार भएको समेत उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Helio School
Helio School

सम्बन्धित लेखहरू

प्रधानमन्त्रीले नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नू गम्भीर राष्ट्रघात : नेकपा

काठमाडौं, १८ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभामा प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धमा व्यक्त गरेको धारणा...

काठमाडौं महानगरको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण 

काठमाडौं, १८ जेठ । काठमाडौं महानगरपालिकाले आइतबार (जेठ १७ गते) लिएको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना...

बजेटको आकार घटाउँदै बागमती प्रदेश सरकार

मकवानपुर, १८ जेठ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणका लागि मन्त्रालयहरुलाई बजेटको सिलिङ...

प्रधानमन्त्री बालेन्द्र शाहको भनाइमा परराष्ट्रको प्रस्टीकरण

काठमाडौं, १८ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधिसभा बैठकमा 'नेपालले पनि भारतको जग्गा मिचेको छ' भनेर दिएको...