मध्यपुर थिमिका ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क निमोनिया विरुद्धको खोप दिइने

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, १७ चैत । मध्यपुर थिमी नगरपालिकाले ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई नि:शुल्क निमोनिया भ्याक्सिन दिने भएको छ । नगरपालिकाको ३० औ स्थापना दिवसको अवसरमा १ हजार जना जेष्ठ नागरिक सदस्यलाई निमोनिया भ्याक्सिन लगाउन सुरु गरेको नगरपालिकाका वरिष्ठ जनस्वास्थ्य अधिकृत श्रीकृष्ण प्रजापतिले जानकारी दिए ।

निमोनिया विरुद्धको खोप चैत १८ बुधबारदेखि २७ गतेसम्म दिइने सूचना सार्वजनिक गरेको छ । खोप लगाउन आउँदा नगरपालिकाबाट वितरण गरेको सामाजिक सुरक्षा भत्ता परिचयपत्र वा उमेर तथा स्थायी बासिन्दा खुल्ने कागजात र परिवारको सदस्य १ जना लिएर आउन ज्येष्ठ नागरिकलाई  नगरपालिकाले अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

त्रिशूलीनदीमा तुइन निमार्ण सुरु

काठमाडौं, १७ भदौ । बाग्मती प्रदेशका सरकारले भोटेकोशीमा आएको भीषण बाढीपछिको असहज अवस्थालाई मध्यनजर गर्दै त्रिशूली नदीमा तुइन...

नागढुंगामा सडक भासिएपछि सुरुङमार्ग खुला

काठमाडौं, १७ भदौ । काठमाडौंबाट मुग्लिनतर्फ बाहिरिने सवारी साधनमध्ये पेट्रोलियम पदार्थ बोकेका र दुई पाङ्ग्रे सवारी साधनबाहेक सबैलाई...

कागेश्वरीकी इन्जिनियर दिपा कार्की ६४ हजार घुससहित पक्राउ

काठमाडौं, १६ भदौ । कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर दिपा कार्की ६४...

बोडेमा ऐतिहासिक निलबाराही नाच प्रदर्शन

भक्तपुर, १६ भदौ । मध्यपुरथिमि नगरपालिकास्थित बोडेमा ऐतिहासिक नीलबाराही नाच प्रदर्शन गरिएको छ । हरेक वर्ष भाद्र द्वितीयादेखि...