हेरिटेज नेपाल न्यूज

लागूपदार्थ दुर्व्यसन न्यूनीकरणमा मन्त्रालय प्रयत्नरत छ : मन्त्री थापा

Date:

Share post:

काठमाडौं, २० असार । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले लागूपदार्थ दुर्व्यसन नियन्त्रणमा मन्त्रालय प्रयत्नरत रहेको बताएका छन् । उनले पछिल्लो समय समाजमा लागूपदार्थ सेवन गर्नेको सङ्ख्या बढ्दै गएकोप्रति सरकार गम्भीर रहेको बताए ।

शुक्रबार लागूऔषध सेवन परीक्षण कीट हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री थापाले लागूपदार्थ दुर्व्यसन न्यूनीकरणका लागि मन्त्रालयले विभिन्न कार्यक्रम मार्फत काम गरिरहेको बताए । एउटा व्यक्तिको कुलतले घर, परिवार र समाज नै कलङ्कित हुने मन्त्री थापाको भनाई छ । लागू पदार्थको समस्या केवल चालक वा विशेष वर्गको मात्र नभई सम्पूर्णको रहेको उनको बताए ।

लागूपदार्थ दुर्व्यसन नियन्त्रण गर्न समाजलाई नै लक्षित गरी चेतना अभिवृद्धि तथा सुधार कार्यक्रम अघि बढाउनुपर्नेमा उनले जोड दिए । लागू तथा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने चालकहरूको सवारी अनुमति पत्र (लाइसेन्स) खारेजको प्रक्रिया सम्बन्धित मन्त्रालयहरूको समन्वयमा अगाडि बढाउने विषयमा छलफल भइरहेको पनि उनले बताए ।
स्वास्थ्य मन्त्रालयका सचिव डा.सुमित्रा गौतमले कुलत नियन्त्रणका लागि वर्षैभरि लागू र मादक पदार्थ सेवन परीक्षण कार्यक्रम चलाउनुपर्नेमा जोड दिइन् । बागमती प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन समितिका प्रहरी उपरीक्षक (एसपी) नरेश सुवेदीले लागूपदार्थ प्रयोगबाट हुने दुर्घटना र आपराधिक गतिविधि उल्लेखनीय रूपमा बढेको जानकारी दिए । सवारी चालकमा लागूपदार्थ सेवन गरेको अवस्थामा दुर्घटनाको जोखिम बढी रहेको उनले बताए । लागूपदार्थ दुर्व्यसनबाट किशोर तथा युवाहरू बढी जोखिममा रहेको उनले बताए । स्वास्थ्य मन्त्रालयले सडक दुर्घटना न्यूनीकरण तथा लागू पदार्थको सेवन नियन्त्रण गर्न १ हजार ३४० थान लागूपदार्थ सेवन परीक्षण किट हस्तान्तरण गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

प्रभु बैंकका सिईओ, डेपुटी सिइओ र सिसिओ पक्राउ

काठमाडौं, १४ मंसीर । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ), नायब प्रमुख...

मल्लकालीन स्वरूपमा ठडिँदै थन्थु दरबार

भक्तपुर, १४ मंसीर । विश्वसम्पदामा सूचीकृत भक्तपुर दरबार क्षेत्रस्थित थन्थु दरबार मल्लकालीन स्वरूपमा पुन:निर्माण थालेको छ । २०७२...

ललितपुर महानगर ३ मा विषादी परीक्षण केन्द्र

ललितपुर, १३ मंसिर ।  ललितपुर महानगरपालिका-३ मा बिक्री हुने तरकारीमा विषादी प्रयोग भए नभएको परीक्षण हुने भएको छ...

वक्तृत्वकला प्रतियोगिता सम्पन्न ललितपुरका पद्यप्रकाश,टिका विद्याश्रम, रुद्रायणी-प्रथम, द्धितीय र तृतीय

ललितपुर, १३ मंसिर । ललितपुर महानगरसँगको सहकार्यमा ललितपुर चक्रपथ महानगर सफाई अभियान र अभिभावक संघ नेपालले संयुक्त रुपमा...