लागूपदार्थ दुर्व्यसन न्यूनीकरणमा मन्त्रालय प्रयत्नरत छ : मन्त्री थापा

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २० असार । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले लागूपदार्थ दुर्व्यसन नियन्त्रणमा मन्त्रालय प्रयत्नरत रहेको बताएका छन् । उनले पछिल्लो समय समाजमा लागूपदार्थ सेवन गर्नेको सङ्ख्या बढ्दै गएकोप्रति सरकार गम्भीर रहेको बताए ।

शुक्रबार लागूऔषध सेवन परीक्षण कीट हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री थापाले लागूपदार्थ दुर्व्यसन न्यूनीकरणका लागि मन्त्रालयले विभिन्न कार्यक्रम मार्फत काम गरिरहेको बताए । एउटा व्यक्तिको कुलतले घर, परिवार र समाज नै कलङ्कित हुने मन्त्री थापाको भनाई छ । लागू पदार्थको समस्या केवल चालक वा विशेष वर्गको मात्र नभई सम्पूर्णको रहेको उनको बताए ।

लागूपदार्थ दुर्व्यसन नियन्त्रण गर्न समाजलाई नै लक्षित गरी चेतना अभिवृद्धि तथा सुधार कार्यक्रम अघि बढाउनुपर्नेमा उनले जोड दिए । लागू तथा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने चालकहरूको सवारी अनुमति पत्र (लाइसेन्स) खारेजको प्रक्रिया सम्बन्धित मन्त्रालयहरूको समन्वयमा अगाडि बढाउने विषयमा छलफल भइरहेको पनि उनले बताए ।
स्वास्थ्य मन्त्रालयका सचिव डा.सुमित्रा गौतमले कुलत नियन्त्रणका लागि वर्षैभरि लागू र मादक पदार्थ सेवन परीक्षण कार्यक्रम चलाउनुपर्नेमा जोड दिइन् । बागमती प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन समितिका प्रहरी उपरीक्षक (एसपी) नरेश सुवेदीले लागूपदार्थ प्रयोगबाट हुने दुर्घटना र आपराधिक गतिविधि उल्लेखनीय रूपमा बढेको जानकारी दिए । सवारी चालकमा लागूपदार्थ सेवन गरेको अवस्थामा दुर्घटनाको जोखिम बढी रहेको उनले बताए । लागूपदार्थ दुर्व्यसनबाट किशोर तथा युवाहरू बढी जोखिममा रहेको उनले बताए । स्वास्थ्य मन्त्रालयले सडक दुर्घटना न्यूनीकरण तथा लागू पदार्थको सेवन नियन्त्रण गर्न १ हजार ३४० थान लागूपदार्थ सेवन परीक्षण किट हस्तान्तरण गरेको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...