भक्तपुर अस्पतालमा ५ सहित प्रादेशिक अस्पतालहरुमा १६ वटा डायलासिस मेशिन जडान

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २५ असार । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले भक्तपुर अस्पताललगायत प्रदेशका विभिन्न अस्पतालमा १६ वटा डायलोसिस मेशिन जडान गरेको छ । मिर्गौलाका बिरामीलाई डायलासिस सेवा लिन सरकारी अस्पतालमा चाप बढेर एक पटकको २ हजार ५ सय रूपैयाँ तिरेर निजी अस्पतालमा धाउनु पर्ने बाध्यता कम गर्न मन्त्रालयले मातहतका प्रादेशिक अस्पतालमा डायलोसिस मेशिन जडान गरेको बागमती  प्रदेश स्वास्थ्यमन्त्री किरण थापाले जानकारी दिए ।

मन्त्रालयले भक्तपुर अस्पतालमा पाँच वटा डायलासिस मेशिन ल्याएर जडान गरेको छ । मन्त्रालयले धादिङ अस्पतालमा २ वटा, सिन्धुली अस्पतालमा २ वटा, त्रिशुली अस्पतालमा २ वटा, बकुलहर रत्ननगर अस्पतालमा २ वटा र हेटौडा अस्पतालमा ३ वटा गरि १६ वटा डायलोसिसि मेशिन जडान गरिएको मन्त्री थापाले जानकारी दिए । डायलासिस मेशिन जडानसंगै अस्पतालले मिर्गौलाका बिरामीलाई सेवा प्रवाह गर्ने र बिरामीले आफ्नै नजिकको अस्पतालमा सेवा प्राप्त गर्न सक्ने बताउँदै मन्त्री थापाले प्रादेशिक अस्पताहरुमा उपकरणहरु थप गर्दै लैजाने बताए ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...