सूर्यविनायक नगर अस्पताल ५० शय्या विस्तार

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २७ असार ।  सूर्यविनायक नगरपालिका–८ जगातीचोकमा सञ्चालित सूर्यविनायक नगर अस्पताललाई बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले ५० शय्यामा विस्तार गरेको छ ।

बागमती प्रदेश स्वास्थ्यमन्त्री किरण थापा सोही वडाका तत्कालीन वडाअध्यक्ष हुँदा विसं २०७७ मा १० शय्याबाट सेवा सुरु भएको अस्पताल बुधबार उनी स्वास्थ्यमन्त्री भएकै बेला ५० शय्यामा विस्तार भएको हो । मन्त्री थापाले यसबारे भने, ‘कोरोना महामारीले जर्जर अवस्था थियो, म वडाध्यक्ष थिएँ, एमाले नेता महेश बस्नेत सांसद हुनुहुन्थ्यो । नगरपालिकाको प्रमुख अहिलेकै प्रमुख वासुदेव थापा हुनुहुन्थ्यो, हामी सबैको अठोट र साथले नेपाल सरकारको २५ रोपनी जग्गामा अस्पताल भवन निर्माण गरेर सेवा सुरु गरेका थियौँ । त्यसको चार वर्षपछि म स्वास्थ्यमन्त्री हुँदा नै ५० शय्यामा विस्तार गर्न पाउँदा खुसी लागेको छ ।’

सूर्यविनायक नगर अस्पताललाई विशेषज्ञ सेवासहितको ट्रमा सेन्टरका रूपमा विकास गर्ने योजना रहेको उनले सुनाए। पूर्वका जिल्लाबाट काठमाडौँ प्रवेश गर्ने अन्तिम नाका जगाती भएकाले राजमार्गमा हुने दुर्घटनाका घाइतेको उपचार गर्ने उद्देश्यले यस अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गर्नेगरी कार्य अगाडि बढाइएको मन्त्री थापाले जानकारी दिए। ‘मन्त्रालयले आवश्यकताअनुसार थप जनशक्ति, उपकरण र बजेटको व्यवस्थापन गर्छ । अरनिको राजमार्गसँग जोडिएको यस अस्पतालमा भक्तपुरको मात्रै नभई पूर्वबाट आउने बिरामीलाई काठमाडौँ जानै नपर्नेगरी विकास तथा विस्तार गर्न आवश्यक छ । सोहीअनुसार लागिरहेका छौँ,’ उनको भनाइ छ ।
सूर्यविनायक नगरपालिका प्रवक्ता एव वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले प्रदेश सरकारको स्वीकृति र नगरपालिकाको बजेट व्यवस्थापनबाट शल्यक्रिया कक्षसमेत सञ्चालनमा आएको र गुणस्तरीय सेवा सञ्चालनका लागि नगरपालिकाले बजेट व्यवस्थापन गर्ने बताए। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बागमतीका श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा उपचारमा विशेष सहुलियत दिइने 

मकवानपुर, ३२ असार । बागमती प्रदेश सरकारले प्रदेशभित्र क्रियाशील श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत...

मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सम्झौता हुँदै

काठमाडौं, ३२ असार । वर्षौंदेखि मिटरब्याजी (अनुचित लेनदेन) को चक्रव्यूहमा परेर उठिबास भएका विपन्न किसान र मजदुरहरूको सङ्घर्षलाई...

काठमाडौँ महानगरपालिकाका न्यायिक सहजकर्ता मार्फत ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान

काठमाडौं, ३२ असार । काठमाडौं महानगरपालिकाले ३९ महिनाको अवधिमा ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान...

ब्युँतियो सांसदहरूले स्वकीय सचिवको सुविधा पाउने व्यवस्था

काठमाडौं, ३२ असार । सरकारले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेको छ । पछिल्लो मन्त्रिपरिषद्को बैठकले यस्तो...