वक्तृत्वकला प्रतियोगिता सम्पन्न ललितपुरका पद्यप्रकाश,टिका विद्याश्रम, रुद्रायणी-प्रथम, द्धितीय र तृतीय

Date:

Share post:

Suryabinayak Nagarpalika

ललितपुर, १३ मंसिर । ललितपुर महानगरसँगको सहकार्यमा ललितपुर चक्रपथ महानगर सफाई अभियान र अभिभावक संघ नेपालले संयुक्त रुपमा आयोजना गरेको एकदिवसीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । ललितपुर महानगरमा रहेका माध्यमिक तहका २५ वटा सामुदायिक विद्यालय मध्ये उक्त प्रतियोगितामा २२ वटा विद्यालयको सहभागिता रहेको थियो । “फोहोरमैला व्यवस्थापन र सहरी सफाई“ विषयमा विद्यार्थीले दमदार प्रस्तुति गरेका थिए । प्रतियोगितामा पद्मप्रकाश माध्यमिक विद्यालयकी जगदम्बा भट्ट प्रथम, टिका विद्याश्रम माध्यमिक विद्यालयकी सुरेश थापा द्वितीय, रुद्रायणी माध्यमिक विद्यालयकी मिङमा तामाङ तृतीय भए ।

त्यसैगरी, सान्त्वना पुरस्कार पाटन माध्यमिक विद्यालयका ओम पाण्डेले प्राप्त गरे ।
प्रथम हुनेलाई दश हजार रूपैयाँ, द्दितिय हुनेलाई सात हजार, तृतीय हुनेलाई पाँच हजार र सान्त्वना पुरस्कार प्राप्त गर्नेलाई तीन हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । महानगर प्रमुख चिरीबाबु महर्जनले वातावरण संरक्षण र हरियाली प्रबद्र्धनमा विद्यार्थीको भूमिका महत्वपूर्ण रहेको बताए । उनले वातावरण र सम्पदा संरक्षणमा विद्यार्थीलाई उत्तरदायी बनाउन एक विद्यालय एक सम्पदा कार्यक्रम सुरु गरेको बताए । उनले भने, ‘एउटा विद्यालयलाई, एउटा सम्पदा सफा र संरक्षण गर्ने जिम्मा दिएका छौँ , यो कार्यक्रमले वातावरण संरक्षण र सम्पदा संरक्षणमा ध्यान जाने भयो । ’महानगरले एक विद्यालय एक बगैँचा कार्यक्रम पनि कार्यान्वयनमा ल्याएको छ । महानगर प्रमुख चिरीबाबु महर्जनले विद्यालयमा चिटिक्क परेको बगैँचा बनाउने विद्यालयलाई महानगरले पुरस्कृत गर्ने बताए । शौचालय सफा राख्ने विद्यालयलाई अनुगमन पश्चात पुरस्कृत गर्ने कार्यक्रम समेत महानगरले ल्याउन लागेको उनले बताए ।

अभिभावक महासंघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले वातावरण जोगाउन पाठ्यपुस्तकमा पढेको ज्ञानलाई व्यवहारमा उतार्नु सुझाव दिए ।
अभिभावक संघ ललितपुरका अध्यक्ष देवराज लामिछानले विद्यार्थी परिवर्तनका संवाहक भएको बताउँदै वातावरण संरक्षण र सरसफाईका लागि विद्यार्थीको योगदान महत्वपूर्ण हुने बताए ।
प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई प्रमाणपत्र र मायाको चिन्ह स्वरूप स्कुल ब्याग र एक दर्जन कपी हस्तान्रण गरिएको थियो ।
कार्यक्रममा अग्रज कलाकार किरण केसी, ललितपुर चक्रपथ महानगर सफाई अभियान अध्यक्ष शहदेव संकल्प राउतले वातावरण संरक्षणमा विद्यार्थीको भूमिका महत्वपूर्ण भएको बताउँदै अभिभावक , विद्यालय, शिक्षक र समाजले नै उनीहरुको भूमिकालाई प्रभावकारी बनाउन सहयोग गर्नुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...