प्रभु बैंकका सिईओ, डेपुटी सिइओ र सिसिओ पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १४ मंसीर । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ), नायब प्रमुख कार्यकारी अधिकृत (डिसिईओ) र प्रमुख कर्जा अधिकृत (सिसिओ) लाई पक्राउ गरेको छ । आइतबार सिआइबीले प्रभु बैंकका सिईओ बागलुङ, कालिका-५ का ५४ वर्षीय अशोक शेरचन, डिसिईओ गोरखा, पालुङटार नगरपालिका-२ खोप्लाङका ५६ वर्षीय मणिराम पोखरेल र सिसिओ सुनसरी, इटहरी उपमहानगरपालिका-४ का रिवास श्रेष्ठलाई  पक्राउ गरेको सीआईबीका प्रवक्ता एसएसपी शिव कुमार श्रेष्ठले बताए।
उनीहरूमाथि ठगी, आपराधिक विश्वासघात र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार अनुसन्धान अघि बढाएको थियो। राष्ट्र बैंकको निर्देशन तथा प्रचलित कानून विपरीत प्रभु बैंकलाई हानी नोक्सानी पुर्‍याएको तथा सोही अपराध लुकाउन विभिन्न कम्पनीहरूको नाममा करौडौं रकम कर्जा प्रवाह गरी दुरूपयोग गरको आरोप छ। उनीहरूमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिएको प्रहरीले जनाएको छ। 

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

स्रोत नखुलेको १ करोड ६७ लाख रुपैयाँ बरामद

काठमाडौं, ०१ मंसिर । प्रहरीले ललितपुरको सानेपाबाट स्रोत नखुलेको १ करोड ६७ लाख रुपैयाँ बरामद गरेको छ ।...

हेटौंडा-काठमाडौं वैकल्पिक सडकमा राति गाडी चलाउन रोक

मकवानपुर, ०१ मंसीर । हेटौंडा-काठमाडौं आउजाउ गर्ने छोटो दूरीको वैकल्पिक मार्ग हेटौंडा-भीमफेदी-कुलेखानी-फाखेल वा सिस्नेरी सडकमा चल्ने सार्वजनिक सवारीसाधनको...

कर प्रणालीलाई न्यायपूर्ण, पारदर्शी र नागरिकमैत्री बनाउनुपर्छ: मुख्यमन्त्री थापा मगर

हेटौंडा, ०१ मंसिर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले करको दर बढाएर मात्र राजस्व वृद्धि नहुने भन्दै उत्पादन,...

किशोर-किशोरीबीच सहमतिमा यौन सम्बन्ध भए जबरजस्ती करणी नमान्ने प्रस्ताव

काठमाडौं, ३० कात्तिक । सरकारले किशोरकिशोरीबीच सहमतिमा यौन सम्बन्ध भए जबरजस्ती करणी नमान्ने गरी कानुन बनाउने गरी विधेयकको...