दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगीको आरोपमा पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ८ जेठ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा बुधबार एकजनालाई पक्राउ गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिका–१६ पेप्सीकोला बस्ने सुनसरी इनरूवा नगरपालिका घर भएका ३२ वर्षीय रमेशकुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई दक्षिण कोरिया पठाइदिन्छु भन्दै तीनजनाबाट २६ लाख ८० हजार लिई सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले निजलाई काठमाडौँ पेप्सीकोलाबाट पक्राउ गरेको हो  । यादवलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

यस्तै, ठगीमा संलग्न रहेको अभियोगमा गिल्ट ट्राभल्स एन्ड टुर्स प्रालिका सञ्चालक काठमाडौँ महानगरपालिका–२६ लैनचौर बस्ने २१ वर्षीय श्रृजेश कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । कार्कीले जर्मनीमा हुन लागेको अन्तरराष्ट्रिय अपाङ्गता सम्मेलन २०२५ मा सहभागी हुने व्यक्तिहरूका लागि हवाई टिकट, टर्कीको ट्रान्जिट भिसा र होटल बुकिङसमेत गरी दिन्छु भनी नक्कली कागजात बनाई चार लाख ३० हजार ठगी गरेको भन्ने उजुरी परेको थियो । निजलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कपडाको स्वरूपमा ल्याएको ४ किलो २५८ ग्राम कोकेन सहित २ विदेशी पक्राउ

काठमाडौं, ०४ साउन । लिक्वीट कोकेनलाई सिलिकनमा मिसाई कपडाको आकार स्वरुपमा लागुऔषध कोकिन तस्करी गरेको आरोपमा प्रहरीले दुई...

रुद्रमती नदी सफाइका १२ वर्ष : २ लाख ८७ हजार स्वयमसेवीबाट करिब ७,७६० फोहर संकलन

काठमाडौं, ०४ साउन । बाह्र वर्षदेखि सरसफाइ थालेको रुद्रमती नदीबाट ७ हजार ७६० मेट्रिक टन फोहर संकलन भएको...

भक्तपुरमा छुट्टछुटै स्थानबाट खसेर एकैदिन तीन जनाकाे मृत्यु

भक्तपुर, ०४ साउन । जिल्लामा छुट्टाछुट्टै स्थानबाट खसेर एकैदिन तीन जनाकाे मृत्यु भएकाे छ । सोमबारबार सुर्यविनायक नगरपालिका-८...

काठमाडौं उपत्यकाका नदी किनारबाट विस्थापित सुकुम्बासीहरूलाई स्थायी गृहजिल्ला पठाउने तयारी

काठमाडौं, ०४ साउन । काठमाडौं उपत्यकाका नदी किनारबाट विस्थापित सुकुम्बासीहरूलाई उनीहरूको स्थायी ठेगाना भएकै जिल्लामा व्यवस्थापन गर्ने प्रक्रिया...