अधिकार दियो हतियार दिएन: वडाध्यक्ष कृष्णहरी आचार्य

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, १० जेठ । मध्यपुर थिमी नगरपालिकका कार्यबाहक नगर प्रमुख एवं वडा नम्बर ३ का वडाध्यक्ष कृष्णहरी आचार्यले वडालाई अधिकार दिएर हतिहार नदिएको बताएका छन् । शुक्रबार मध्यपुरथिमिमा राष्ट्रिय सञ्चार केन्द्र नेपाल (एनएमसी)ले आयोजना गरेको “गाउँ गाउँमा सिंहदरबार कति कानुनी, कति व्यवहारिक” विषयक अन्तरिक्रिया कार्यक्रममा बोल्दै वडाध्यक्ष आचार्यले  वडाले वार्षिक एक देखि पाँच करोड रूपैयाँसम्म कर उठाएर नगरपालिकालाई बुझाउने गरेपनि वडालाई आर्थिक अधिकार नदिदाँ वडालाई आवश्यक पर्दा कलमसमेत किन्न नपाउने उनले बताए ।

बिहान ५ बजेदेखि राती १ बजेसम्म प्रत्यक्ष रुपमा जनताको काममा व्यस्त हुनुपर्ने वडाध्यक्षहरुले धेरै राम्रा काम गरेपनि त्यसको मूल्यांकन नभएको उनको गुनासो छ ।  उनले अधिकार धेरै भएपनि कतिपयलाई अझै कार्यान्वयनमा ल्याउन नसकेको बताउदै मध्यपुरथिमिले नक्सा पास बाहेक सबै काम वडाबाटै हुने गरेको बताए ।

कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव चिरञ्जिवी तिम्सिनाले स्थानीय सरकारले अब विकासको मोडालिटी समय सापेक्ष रुपमा परिवर्तन गर्दै प्रतक्ष्य रुपमा जनतासंग जोडेर लैजानु पर्ने बताए । जनताले स्थानीय तहको सेवा घरमै बसेर लिन सक्ने, कर घरमै बसेर तिर्न सक्ने, वडा कार्यालयले अनलाइनबाटै सेवा दिन सक्ने गरि सेवामा सहजीकरण गरिरहेको, अधिकांश कामहरु वडाबाटै हुने गरि अधिकार सम्पन्न बनाएकाले गाउँ गाउँमा सिंहदबारको अनुभूति जनताले पाएको बताए ।

तिम्सिनाले स्थानीय तहमा भौतिक विकासले फड्को मारेको बताउदै अब जनताको आर्थिक विकासलाई जोडेर सीप मूलक तालिम दिएर आत्मनिर्भर बनाउने, कृषिमा आकर्षित गर्ने र फरक व्यवसायतर्फ नागरिकलाई लैजानु पर्नेमा जोड दिए । स्थानीय तहले धेरै राम्रा काम गरेपनि त्यसको चर्चा बाहिर आउन नसकेको भन्दै सञ्चारकर्मीले राम्रा कामलाई पनि बाहिर ल्याउनु पर्ने बताए ।

कार्यक्रममा राजनीतिक विश्लेषक एवं पत्रकार सुदर्शन आचार्यले दशमा बढ्दो भ्रष्टाचार नियन्त्रण गर्न नसके र राजनीतिक दलका पुराना नेताहरुले नयाँ पुस्तालाई राजनीति नछाडे यो व्यबस्था नै संकटमा आउने दाबी गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष सुन्दर शिल्पकार, पत्रकार दिवस गुरागाईं, आयोजक संस्थाका अध्यक्ष पेशल आचार्यलगायतले आमनागरिकले गाउँगाउँमा सिंहदरबार आएको अनुभूति गर्ने गरि स्थानीय सरकारले काम गर्नुपर्नेमा जोड दिए ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...