रसुवा बाढी प्रभावित नागरिकको समस्या समाधानका लागि प्रदेश सरकारले तत्काल काम सुरु गर्दैछ: मुख्यमन्त्री थापा

Date:

Share post:

Suryabinayak Nagarpalika

रसुवा,१३ मंसिर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भोटेकोसी बाढीबाट प्रभावित रसुवाका नागरिकको समस्या समाधानका लागि प्रदेश सरकारले तत्काल काम सुरु गर्ने बताएका छन् । भदौ १० गतेको रसुवा बाढीपछि प्रभावित क्षेत्रको पुनर्निर्माण, पुनःस्थापना तथा पीडितको व्यवस्थापनका विषयमा आइतबार रसुवामा आयोजित सरोकारवालासँगको छलफलमा उनले प्रदेश सरकार पीडितका समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
मुख्यमन्त्री थापा मगरले विपत्तिको पहिलो दिनदेखि नै प्रदेश सरकारले उद्धार, उपचार तथा खाद्यान्न सामग्री वितरणलगायतका काम गर्दै आएको उल्लेख गर्दै अब पुनर्निर्माण र पुनःस्थापनालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। “अब रसुवा जिल्लामा कसरी पुनर्निर्माणको काम गर्न सकिन्छ, तपाईँहरूको चासोको विषय के हो र कुन कामलाई प्राथमिकता दिने भन्ने विषयमा छलफल गर्न हामी यहाँ उपस्थित भएका हौँ,” उनले भने । छलफलका क्रममा स्थानीयबासीले सडक तथा यातायात पूर्वाधार पुनःस्थापनालाई प्रमुख प्राथमिकतामा राख्नुपर्ने माग गरेका छन् । उनीहरूले पक्की पुल निर्माण हुन नसके पनि तत्काल आवागमन सहज बनाउन ह्युमपाइप राखेर भए पनि सडक सञ्चालन गर्नुपर्ने धारणा राखेका छन् ।

स्थानीयको मागलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापा मगरले सडक सञ्चालनको विषय सान्दर्भिक रहेको र  बाढी गएको तीन महिना बितिसक्दा पनि प्रभावित क्षेत्रको पुनर्निर्माणमा चुनौती कायम रहेको उल्लेख गर्दै प्रदेश सरकार संघीय सरकार र स्थानीय तहसँगको सहकार्यमा अघि बढ्न तयार रहेको बताएका छन् । “प्रधानमन्त्रीज्यूलाई हामीले पटक-पटक घचघच्याइरहेका छौँ । संघीय सरकार स्पष्ट दृष्टिकोणका साथ आउँछ र हामी त्यसमा सहकार्य गरेर अघि बढ्छौँ भन्ने अपेक्षा गरेका थियौँ,” उनले भने, “संघीय सरकारको आफ्नै योजना होला, तर हामीसँग समन्वय र सहकार्य अलिकति कम भएको कुरा तपाईँहरूलाई जानकारी गराउन चाहन्छु ।”

मुख्यमन्त्री थापा मगरले प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पीडितको आवश्यकता सम्बोधन गर्न प्रदेश सरकारले चालु आर्थिक वर्षमा अन्य मन्त्रालयको बजेट कटौती गरेर ६ अर्ब रुपैयाँ जुटाएको जानकारी समेत दिए । उनले शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधारका क्षेत्रमा स्थानीयबासीले राखेका माग सम्बोधन गर्न प्रदेश सरकारले तत्काल काम थाल्ने प्रतिबद्धता व्यक्त गरेकाछन् । “तपाईँहरू साह्रै समस्यामा हुनुहुन्छ । यस अवस्थामा प्रदेश सरकारले शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारको क्षेत्रमा तपाईँहरूको माग सम्बोधन गर्न भोलिकै दिनबाट काम सुरु गर्छ,” उनले भने, “तपाईँहरूले राखेका माग समयमै सम्बोधन गर्ने गरी हामी अगाडि बढ्छौँ । प्रदेश सरकारले तपाईँहरूसँग सहकार्य गरेर अघि बढ्छ । तपाईँहरूको समस्या नै प्रदेश सरकारको समस्या हो । यहाँको समस्या समाधान गर्न प्रदेश सरकार अगाडि बढ्छ ।”
छलफलमा सहभागी सरोकारवालाहरूले बाढीपीडितको उद्धार, उपचार, राहत तथा व्यवस्थापनका क्षेत्रमा हालसम्म बागमती प्रदेश सरकारले गरेको कामको प्रशंसा  गरेका छन् ।
बैठकले बागमती प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधारलगायतका क्षेत्रमा तत्काल काम सुरु गर्ने निर्णय गरेको छ । साथै, संघीय सरकारको कार्यक्षेत्रभित्र पर्ने कामका लागि आवश्यक समन्वय र कार्यान्वयनको पहल गर्ने निर्णयसमेत भएको बागमती प्रदेशका प्रमुख सचिव कमलप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
बैठकमा प्रदेश सरकारका मन्त्रीहरु, प्रमुख सचिव लगायत मन्त्रालयका सचिवहरू, प्राविधिकहरू, स्थानीय जनप्रतिनिधि तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

३ किलो कोकिन सहित ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक पक्राउ

काठमाडौं, १३ मंसिर । ठमेलबाट ३ किलो कोकिनसहित ८७ वर्षीय दक्षिण कोरियाली नागरिक र २८ वर्षीय भारतीय नागरिक...

राष्ट्रिय युवा संघ नेपाल भक्तपुरको अध्यक्षमा दिपेश बिसुङ्के सर्वसम्मत चयन

भक्तपुर, १३ मंसिर । राष्ट्रिय युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटीको ११औँ जिल्ला अधिवेशनले अध्यक्षमा दिपक बिसुङ्के सर्वसम्मत ...

लालपुर्जा नपाएसम्म होल्डिङ सेन्टर नछाड्ने अडानमा सुकुम्बासी

काठमाडौं, १३ मंसिर । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्यमन्त्री प्रतिभा रावलले भक्तपुरको बोडस्थित होल्डिङ सेन्टरमा आश्रय...

मातृभूमि र काठमाडौं जेयिभर्स फाइनलमा

काठमाडौं, १२ मंसिर । मातृभूमि र काठमाडौं जेयिभर्स शनिबार १८ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा...