३ किलो कोकिन सहित ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १३ मंसिर । ठमेलबाट ३ किलो कोकिनसहित ८७ वर्षीय दक्षिण कोरियाली नागरिक र २८ वर्षीय भारतीय नागरिक पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले ठमेलस्थित जीपी रोडको एक होटलको कोठाबाट दक्षिण कोरियाली नागरिक सुक चोन लीलाई पक्राउ गरेको हो । उनले साथमा ल्याएको ह्यान्ड ब्यागेजको फल्स बटम बनाएर लुकाइएको अवस्थामा ३ किलो कोकिन बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त कोकिन लिन काठमाडौं आएका भारतीय नागरिक दीपक उत्तम वाघमारे पनि पक्राउ परेका छन् ।

ब्युरोका अनुसार प्रारम्भिक अनुसन्धानमा दक्षिण कोरियाली नागरिक लीले पेरुबाट कोकिन काठमाडौं ल्याउने र भारतीय नागरिक वाघमारेले काठमाडौं हुँदै भारतको मुम्बई पुर्‍याउने योजना बनाएको खुलेको छ ।
ली सन् २०२६ नोभेम्बर २६ मा पेरुबाट स्पेनको म्याड्रिड र कतारको दोहा हुँदै नेपाल आएका थिए । यसअघि पनि उनी सन् २०२६ जुलाई १९ मा नेपाल आएर ठमेलस्थित एक होटलमा तीन दिन बसेपछि दक्षिण कोरिया फर्किएको अभिलेखबाट देखिएको छ । पक्राउ परेका भारतीय नागरिक वाघमारेको साथबाट मुम्बईस्थित स्टेट रिजर्भ पुलिस फोर्सको परिचयपत्रसमेत फेला परेको ब्युरोले जनाएको छ । कोकिन लुकाइएको सुटकेस दिने र लिने क्रममा पासवर्ड प्रयोग भएको समेत अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले दुवै जनाको साथबाट एक थान राहदानी, एक थान आधार कार्ड र दुई थान मोबाइल फोनसमेत बरामद गरेको छ ।
नेपाललाई ट्रान्जिट पोइन्ट बनाएर अन्तर्राष्ट्रिय लागुऔषध कारोबार हुन सक्ने आशंकामा विदेशी नागरिकहरूको आपराधिक गतिविधि तथा पृष्ठभूमिबारे निगरानी र प्रोफाइलिङ गर्ने क्रममा उनीहरू पक्राउ परेको ब्युरोले जनाएको छ । पक्राउ परेका दुवै विदेशी नागरिकमाथि थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

रसुवा बाढी प्रभावित नागरिकको समस्या समाधानका लागि प्रदेश सरकारले तत्काल काम सुरु गर्दैछ: मुख्यमन्त्री थापा

रसुवा,१३ मंसिर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भोटेकोसी बाढीबाट प्रभावित रसुवाका नागरिकको समस्या समाधानका लागि प्रदेश...

राष्ट्रिय युवा संघ नेपाल भक्तपुरको अध्यक्षमा दिपेश बिसुङ्के सर्वसम्मत चयन

भक्तपुर, १३ मंसिर । राष्ट्रिय युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटीको ११औँ जिल्ला अधिवेशनले अध्यक्षमा दिपक बिसुङ्के सर्वसम्मत ...

लालपुर्जा नपाएसम्म होल्डिङ सेन्टर नछाड्ने अडानमा सुकुम्बासी

काठमाडौं, १३ मंसिर । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्यमन्त्री प्रतिभा रावलले भक्तपुरको बोडस्थित होल्डिङ सेन्टरमा आश्रय...

मातृभूमि र काठमाडौं जेयिभर्स फाइनलमा

काठमाडौं, १२ मंसिर । मातृभूमि र काठमाडौं जेयिभर्स शनिबार १८ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा...