आवास टुंगो नलाग्दै होल्डिङ सेन्टर छाड्न दबाब, निर्णय पुनरावलोकन गर्न माग

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, १० मंसिर । बोडे, खरिपाटी र इचंगुनारायणस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित परिवारले सेन्टर खाली गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले जारी गरेको सूचना फिर्ता लिन माग गरेका छन् । वैकल्पिक आवासको सुनिश्चितताबिना कुनै पनि परिवारलाई सेन्टरबाट नहटाउन माग गर्दै उनीहरूले बिहीबार प्रमुख जिल्ला अधिकारीलाई ६ बुँदे ज्ञापनपत्र बुझाए  । भक्तपुर प्रशासनले भूमि समस्या समाधान समितिको बुधबारको पत्रका आधारमा जग्गा देखिएका परिवारलाई भूमिहीन नठहरिने भन्दै मंसिर ११ गते दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर खाली गर्न सूचना जारी गरेको थियो । उक्त निर्णयप्रति असहमति जनाउँदै विस्थापित परिवारले जग्गाको अभिलेखमा नाम देखिएकै आधारमा भूमिहीनताको अवस्था निर्धारण नगर्न र निर्णय पुनरावलोकन गर्न माग गरेका छन् ।
ज्ञापनपत्रमा प्रत्येक परिवारको वास्तविक जग्गा, आवासीय तथा आर्थिक अवस्था र भूमिहीन हुनुको कारणबारे प्रत्यक्ष संवाद गरी निष्पक्ष स्थलगत छानबिन गर्नुपर्ने उल्लेख छ । जग्गाको विवरण मात्र हेरेर निर्णय गर्दा वास्तविक भूमिहीन परिवार अन्यायमा पर्ने उनीहरूको भनाइ छ । ‘सरकारले आफ्नो पूर्वप्रतिबद्धता पूरा गर्नुको सट्टा फेरि सेन्टर खाली गर्न निर्देशन दिनु हामी पीडित नागरिकमाथि अर्को अन्याय र निष्कासनको जोखिम थपेर अमानवीय कार्य हो,’ ज्ञापनपत्रमा भनिएको छ । विस्थापित परिवारले वैकल्पिक आवासको व्यवस्था नगरी जबरजस्ती हटाउन खोजिएको भन्दै आपत्ति जनाएका छन् । होल्डिङ सेन्टरमा बालबालिका, महिला, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र बिरामीसहितका परिवार कष्टकर अवस्थामा बसिरहेको उनीहरूको भनाइ छ । ‘संस्थाहरूले उपलब्ध गराएको खानामा निर्भर भएर जीवन गुजार्नुपरेको छ,’ ज्ञापनपत्रमा उल्लेख छ ।
उनीहरूले निष्कासनमा परेका परिवारलाई १५ दिनभित्र व्यवस्थापन गर्ने सरकारको प्रतिबद्धताअनुसार सुरक्षित र सम्मानजनक आवास उपलब्ध गराउन पनि माग गरेका छन् । वैकल्पिक व्यवस्थापनबिना भत्काइएका घरटहरा, नष्ट भएको सम्पत्ति र जीविकोपार्जनमा परेको क्षतिको निष्पक्ष मूल्यांकन गरी उचित क्षतिपूर्ति दिनुपर्ने उनीहरूको माग छ ।

त्यस्तै, जुन जिल्ला र स्थानबाट विस्थापित गरिएको हो, त्यहाँका जिल्ला प्रशासन, सम्बन्धित सरकारी निकाय र पीडित प्रतिनिधिबीच संवाद गराएर समयसीमासहितको कार्ययोजना बनाउनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । प्रभावित परिवारसँग सहमति गरेर उक्त योजना सार्वजनिक गर्न पनि उनीहरूले माग गरेका छन् ।
ज्ञापनपत्रमा व्यवस्थापनबिना घरटहरा भत्काउँदा भएको जनधनको क्षति र निष्कासनका क्रममा भएका मानवीय घटनाको छानबिन गरी जिम्मेवार पक्षलाई कारबाही गर्नुपर्ने मागसमेत गरिएको छ ।
यसअघि बुधबार जिल्ला प्रशासन कार्यालय भक्तपुरले जग्गा देखिएका ७ र नदेखिएका १२ परिवारलाई होल्डिङ सेन्टर छाड्न भनेको थियो । जग्गा नदेखिएका परिवारलाई सम्बन्धित पालिकामा जग्गा उपलब्ध गराउन प्रक्रिया अघि बढेको निस्सा लिन र सरकारले तोकेको घरभाडा सुविधा बुझ्न अनुरोध गरिएको थियो । तर, जग्गा देखिएका परिवारको हकमा के व्यवस्था हुने भन्नेबारे सूचनामा खुलाइएको छैन ।
थापाथली, मनहरा र सिनामंगललगायतका बस्तीमा गत वैशाख १२ गते डोजर चलाइएको थियो । त्यस क्रममा विस्थापित भएका परिवारले सात महिना बितिसक्दा पनि आवासको स्थायी व्यवस्था र लालपुर्जा पाउन सकेका छैनन् ।

१२ वैशाखमा सरकारले थापाथली, मनोहरा र सिनामंगललगायतका बस्तीमा डोजर चलाएको थियो । त्यसपछि सरकारले १५ दिनभित्र वैकल्पिक व्यवस्था गर्ने प्रतिबद्धता जनाएको विस्थापितहरूको दाबी छ । तर, ७ महिना बित्दा पनि उनीहरूले न लालपुर्जा पाएका छन्, न स्थायी बास ।
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अनुसार सुरुमा २ हजार ६ सय ८ घरधुरीका ११ हजार १ सय ५ जनाले सुकुमवासीका रूपमा नाम टिपाएका थिए । डिजिटल लगत संकलन गर्दा भने २ हजार ८२ परिवारको मात्र विवरण संकलन भयो । अहिले ३ सय ८८ घरधुरीका १ हजार ४ सय ८८ जना समितिको सम्पर्कमा छन् । जसमध्ये इचंगुनारायणमा ४५, खरिबोटमा ३२ र बोडेमा १९ गरी ९६ परिवार होल्डिङ सेन्टरमै बसिरहेका छन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मातृभूमि र काठमाडौं जेयिभर्स फाइनलमा

काठमाडौं, १२ मंसिर । मातृभूमि र काठमाडौं जेयिभर्स शनिबार १८ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा...

सूर्यविनायक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अरनिको माविलाई

भक्तपुर, १२ मंसिर । सूर्यविनायक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तेश्रो पटक अरनिको माविले जितेको छ । सूर्यविनायक...

नारायण-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने

काठमाडौं, १२ मंसिर । नारायणगढ-मुग्लिङ सडक खण्डअन्तर्गत तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम गर्न दैनिक पाँच घण्टा सवारी आवागमन...

‘मध्यपुर थिमि खेलकुद महोत्सव-२०८३’ आयोजना गर्दै

भक्तपुर, ११ मंसिर । मध्यपुर थिमि नगरपालिकाले खेलकुदको माध्यमबाट स्थानीय प्रतिभाको पहिचान, विकास तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले...