काठमाडौं महानगरमा अटिजम भएका बालबालिकाका लागि विद्यालय निर्माण सुरू

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०९ मंसिर । काठमाडौं महानगरपालिकाले अटिजम भएका बालबालिकाका लागि विद्यालय निर्माण थालेको छ ।  महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले वडा नं. २९ मा अटिजम भएका बालबालिका, अभिभावक र जनप्रतिनिधिसहित अटिजम स्कूलको शिलान्यास गरेकी हुन् ।  बुधबार एक समारोहकाबीच वडाध्यक्ष कुश ढकालसहित जनप्रतिनिधि र स्थानीयका साथमा भवन निर्माणका लागि जग पूजा र शिलान्यास गरेको हो ।
कार्यक्रममा कार्यबाहक प्रमुख डंगोलले सरकारबाट अटिजम भएका बालबालिकाका लागि स्कूल बनाउनु महानगरपालिकाले देखेको सपना र अभिभावकहरुले गर्नुभएको अपेक्षा पूरा हुने चरणमा पुगेको बताएकी छन् । ‘हामी काठमाडौँलाई समतामूलक, समावेशी, करुणा र ममता तथा मानवतामा आधारित सहर बनाउने प्रयासमा छौँ । यही क्रममा अटिजम भएका बालबालिकाका लागि स्कूल र अनुसन्धानका लागि भवन निर्माण गर्न लागेका हौँ,’ उनले भनिन्, ‘अटिजम र बौद्धिक अपाङगता भएका बालबालिकालाई छुटयाउन खोजिएको हो कि भन्ने पनि लाग्न सक्छ । तर, त्यसो होइन । सन्तुलित समाजका लागि फरक आवश्यकता भएका बालबालिकालाई समान सामाजिक व्यवहारका लागि योग्य बनाउन विशेष अभियान चलाएका हौँ ।’ सरकार, अभिभावक, पेशाकर्मीको साझेदारीमा कार्यक्रमले दिगोपना प्राप्त गर्ने र फरक आवश्यकता भएकाहरुको चाहना पूर्ति गर्न सकिने उनी बताउँछिन् । ‘विद्यालयको भौतिक संरचना पूरा हुञ्जेलसम्ममा सञ्चालन कार्यविधि तर्जुमा गरेर प्रणालीमा आधारित कार्यक्रम सञ्चालन गर्नेछौँ,’ उनले भनिन् ।

कार्यक्रममा वडाध्यक्ष कुश ढकालले भने, ‘अटिजम भएका बालबालिका आफैँले समस्या पीडा महसुस गर्न सक्दैनन् । पीडा त अभिभावकलाई हुन्छ । अभिभावकहरुको पीडामा साथ दिन वडासँगै अटिजम स्कूल निर्माण हुनु वडाबासीकै लागि पवित्र काम हो । यो वडाको गौरवको योजना पनि हो । हामीले थालेको यो कर्मबाट अन्य स्थानीय तहमा पनि अटिजम विद्यालय निर्माणमा प्रोत्साहन हुन सकोस् ।’
वडाको प्रशासनिक भवनको पूर्वतर्फ निर्माण हुने अटिजम स्कुल भवन ४५० दशमलव ८० बर्गमिटर क्षेत्रफलमा निर्माण हुनेछ । भवनका डिजाइनर इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार भवनको लम्बाइ ९२ फिट र चौडाइ पूर्व तर्फ ३५ फिट र पश्चिम तर्फ २२ फिटको हुनेछ । १७ मिटर उचाइको ५ तले भवनका हरेक तला ३ हजार वर्गफिटका हुनेछन् । ३ हजार ५ सय वर्गफिटको भूमिगत तलासहित भवन १८ हजार ५ सय वर्गफिटको हुनेछ ।
भवनको भुमिगत तलामा ३० वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्ने ठाउँ हुनेछ । जमिन तलामा खुला भाग, भर्याङ् र लिफ्ट तथा भित्र पस्ने मुख्य ढोका हुनेछ । पहिलो, दोस्रो र तेस्रो तलामा तालिम तथा प्रशिक्षण कक्ष हुनेछन् । चौथो तलामा प्रशासन र अनुसन्धान कक्ष हुनेछ । पाँचौँ तलामा बार्दली हुनेछ । जमिन तलामा खेल्ने खुला भाग हुनेछ । लिफ्ट ८ जना क्षमताको हुनेछ । शौचालय तथा कोठाहरु पहुँचयुक्त हुनेछन् ।

भवन निर्माणका लागि १० करोड ९१ लख ७९ हजार ६०२ रुपैयाँ लागत अनुमान गरिएको थियो । सार्वजनिक खरिद प्रक्रियाबाट भवन निर्माणका लागि ९ करोड ७७ लाख ४५ हजार ६२६ रुपैयाँमा सम्झौता भएको छ । निर्माण पक्षलाई २०८३ मंसिर ३ गते कार्यादेश दिइएको हो । २०८४ चैत मसान्तभित्र निर्माण कार्य सम्पन्न गरिसक्नु पर्नेछ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मातृभूमि र काठमाडौं जेयिभर्स फाइनलमा

काठमाडौं, १२ मंसिर । मातृभूमि र काठमाडौं जेयिभर्स शनिबार १८ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा...

सूर्यविनायक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अरनिको माविलाई

भक्तपुर, १२ मंसिर । सूर्यविनायक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तेश्रो पटक अरनिको माविले जितेको छ । सूर्यविनायक...

नारायण-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने

काठमाडौं, १२ मंसिर । नारायणगढ-मुग्लिङ सडक खण्डअन्तर्गत तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम गर्न दैनिक पाँच घण्टा सवारी आवागमन...

‘मध्यपुर थिमि खेलकुद महोत्सव-२०८३’ आयोजना गर्दै

भक्तपुर, ११ मंसिर । मध्यपुर थिमि नगरपालिकाले खेलकुदको माध्यमबाट स्थानीय प्रतिभाको पहिचान, विकास तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले...