दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०२ मंसिर । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठगी तथा संगठित अपराधको कसुरमा दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव तथा मन्त्रालयका तत्कालीन सचिव र सहसचिवसहितका अधिकारी छन् ।

सीआईबीले बुधबार विज्ञप्ति जारी गर्दै उनीहरूलाई काठमाडौँ, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट पक्राउ गरिएको जनाएको छ । पक्राउ पर्ने अन्यमा मन्त्रालयका तत्कालीन सचिव बिनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख (सहसचिव) उमेश ढुङ्गाना र राजिव पोखरेल तथा तत्कालीन कानुन अधिकृत (उपसचिव) निर्मला गुरुङ छन् ।
सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसमेतको जाहेरीका आधारमा उनीहरूमाथि अनुसन्धान अघि बढाइएको हो ।
नेपाल सरकार वादी र कैलाश खड्कासमेत प्रतिवादी रहेको मुद्दामा ठगीसम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।सीआईबीका अनुसार नेपाल र मलेसिया सरकारबीच भएको समझदारीपत्र (एमओयू) विपरीत श्रमिकबाट गैरकानुनी रूपमा रकम असुली गरी विदेश पठाइएको विषयमा अनुसन्धान भइरहेको छ ।

ब्यूरोका अनुसार यसरी संकलन गरिएको रकममध्ये अमेरिकी डलर ८३ लाख ७० हजार ४३९ दशमलव ९२ र बेलायती पाउन्ड ३७ लाख १७ हजार ९८० दशमलव ८० गरी नेपाली रुपैयाँ १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा बराबरको रकम रहेको छ । पक्राउ परेकाहरूले समझदारीपत्रको दायरा र कानुनी प्रक्रियाविपरीत अधिकार क्षेत्र नाघेर बदनियतपूर्वक विदेशी मुद्रा अपचलन गराएको सीआईबीको आरोप छ । यसबाट देशको अर्थतन्त्र र विदेशी मुद्रा सञ्चितिमा नोक्सानी पुगेको ब्यूरोको दाबी छ ।
त्यस्तै, संगठित समूहको लाभका लागि आफ्नो पदीय जिम्मेवारी र कर्तव्यविपरीत श्रमिकमाथि भइरहेको ठगी रोक्न कानुनी उपचार नखोजेको तथा गैरकानुनी रूपमा संकलन भएको रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोप उनीहरूमाथि लगाइएको छ । पक्राउ परेका पूर्वमन्त्रीमध्ये तत्कालीन नेकपा एसका नेता कुँवर देउवा सरकारमा श्रम मन्त्री थिए । यसैगरी रामेश्वर राय यादव २०७६ सालमा केपी ओली सरकारमा श्रम मन्त्री थिए । उनी माओवादी केन्द्रबाट निर्वाचित भएका थिए। सीआईबीले जिल्ला अदालत काठमाडौँ, बबरमहलबाट पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएर उनीहरूलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारीमा ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...

आज दिल्ली उड्दै प्रधानमन्त्री बालेन

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

रसुवा बाढीपीडितलाई सुन्दरीजल होल्डिङ सेन्टर छाड्न दबाब

काठमाडौं, ०५ मंसिर । काठमाडौंको सुन्दरीजलस्थित बीपी चोकमा रहेको होल्डिङ सेन्टरबाट हट्न दबाब दिएपछि रसुवाका ३५ बाढीपीडित बिचल्लीमा...

नगर प्रमुख प्रजापतिद्वारा परीक्षा समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण

भक्तपुर, ०५ मंसिर । नगर शिक्षा समिति भक्तपुरले शुक्रबार भक्तपुर नगरपालिकाभित्र अध्ययनरत विद्यार्थीहरूको परीक्षा सञ्चालनमा समन्वय तथा आवश्यक...