राष्ट्र बैंकले नष्ट गर्‍यो साढे ७ खर्ब बराबर नोट

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०२ मंसिर । नेपाल राष्ट्र बैंकले ७ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँ बराबर नोट नष्ट गरेको छ । २०८३ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरू एवं सर्वसाधारणले यस बैंकमा जम्मा गर्न/सट्टाभर्ना लिन ल्याएका झुत्रा, मैला र च्यातिएका तथा चलनचल्तीमा पठाउन अयोग्य विभिन्न दरका नोट धुल्याइ ब्रिकेट बनाएको केन्द्रीय बैंकले जनाएको छ ।

केन्द्रीय बैंकका अनुसार २०८२ असार मसान्तसम्म विभिन्न दरका गरी ७ खर्ब ६१ अर्ब ४१ करोड बराबरका नोट चलनचल्तीमा रहेकोमा २०८३ असार मसान्तसम्म ६.०८ प्रतिशत वृद्धि भई ८ खर्ब ७ अर्ब बराबर नोट चलनचल्तीमा छन् । बैंक नोटको सुरक्षण विशेषता तथा नोटमा प्रयोग हुने प्राविधिक स्पेसिफिकेसनलाई अन्तर्राष्ट्रिय स्तर अनुसार अद्यावधिक/परिमार्जित गर्दै बैंकनोटलाई थप सुरक्षित तथा गुणस्तरीय बनाउँदै लगिएको केन्द्रीय बैंकले जनाएको छ ।

बैंकनोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि ६ अन्तर्राष्ट्रिय सेक्युरिटी प्रिन्टर्स कम्पनीलाई पूर्वयोग्यता सूचीमा समावेश गरिएको केन्द्रीय बैंकले जनाएको छ । गत आव ५ रुपैयाँ दरका ३५ करोड थान बैंकनोट करार सम्झौता बमोजिम आपूर्ति भई केन्द्रीय बैंकको ढुकुटीमा राखिएका छन् । त्यसैगरी १० रुपैयाँ दरका ३४ करोड थान बैंकनोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि करार सम्झौता बमोजिम पहिलो लट र दोस्रो लटअन्तर्गत २३ करोड थान ढुकुटीमा सुरक्षित राखिएको छ । केन्द्रीय बैंकका अनुसार गत आव १०० रुपैयाँ दरको ३० करोड थान बैंकनोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि भएको करार सम्झौता बमोजिम पहिलो लट र दोस्रो लटअन्तर्गत २१ करोड थान आपूर्ति भई ढुकुटीमा राखिएको छ ।
त्यसैगरी, ५०० रुपैयाँ दरको २३ करोड थान बैंकनोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि भएको करार सम्झौता बमोजिम पहिलो लटमा १२ करोड थान आपूर्ति भई ढुकुटीमा राखिएको छ ।
त्यसैगरी गत आव ५० दरको ४२ करोड थान र १००० दरको ४३ करोड थान बैंकनोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि करार सम्झौता भएको केन्द्रीय बैंकले जनाएको छ ।
२०८३ असार मसान्तमा विभिन्न दरका ८८ अर्ब ९४ करोड ८ लाख ५० हजार बराबर नयाँ नोट मौज्दात केन्द्रीय बैंकसँग छ । अघिल्लो वर्ष यस्तो मौज्दात ५१ अर्ब ५१ करोड ८२ लाख ४९ हजार रुपैयाँ बराबर थियो ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारीमा ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...

आज दिल्ली उड्दै प्रधानमन्त्री बालेन

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

रसुवा बाढीपीडितलाई सुन्दरीजल होल्डिङ सेन्टर छाड्न दबाब

काठमाडौं, ०५ मंसिर । काठमाडौंको सुन्दरीजलस्थित बीपी चोकमा रहेको होल्डिङ सेन्टरबाट हट्न दबाब दिएपछि रसुवाका ३५ बाढीपीडित बिचल्लीमा...

नगर प्रमुख प्रजापतिद्वारा परीक्षा समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण

भक्तपुर, ०५ मंसिर । नगर शिक्षा समिति भक्तपुरले शुक्रबार भक्तपुर नगरपालिकाभित्र अध्ययनरत विद्यार्थीहरूको परीक्षा सञ्चालनमा समन्वय तथा आवश्यक...