निषेधित गरिएका प्लाष्टिकका ३३६ वटा माला र १४० पुष्पगुच्छा महानगर प्रहरी बलबाट जफत

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २१ कात्तिक । महानगर प्रहरी बलले काठमाडौँका विभिन्न ठाउँबाट प्लाष्टिकजन्य ३३६ वटा माला र १४० वटा पुष्पगुच्छा जफत गरेको छ । काठमाडौँ महानगर प्रहरी बल र महानगरपालिकाकै वातावरण व्यवस्थापन विभागले छुट्टाछुट्टै सार्वजनिक सूचना प्रकाशन गरेर यस्ता वस्तु विक्रीका लागि निषेध गरेको थियो । सूचनालाई वेवास्ता गर्दै प्लाष्टिकजन्य फूल, माला, पुष्पगुच्छा तथा सजावटका सामान बिक्री गर्ने व्यापारीबाट प्लास्टिकका माला तथा पुष्पागुच्छा जफत गरिएको हो । यसरी सामान बेच्ने व्यापारीहरु चावहिल मैजुबहाल, मच्छिन्द्रबहाल, कोटेश्वर, कोटेश्वर पानीपुरी चोक, जयबागेश्वरी, कालीमाटी, नयाँ बसपार्क, धुम्बाराहीलगायत स्थान छन् । जफत गरिएका सामानमध्ये सबैभन्दा धेरै कोटेश्वर र कोटेश्वर पानीपुरी चोकमा बिक्री भइरहेका सामान छन् ।

महानगर प्रहरी बलले नगर प्रहरीको सेवालाई नागरिकका नजिक पुर्‍याउने उद्देश्यले महानगरको भूगोललाई ४ क्षेत्रमा विभाजन गरेर क्षेत्रगत कमाण्डर र विभिन्न दर्जाका प्रहरी खटाएर बजारको नियमित निगरानी र अनुगमन गरिरहेको छ । यसअन्तर्गत पूर्व क्षेत्र, पश्चिम क्षेत्र, उत्तर क्षेत्र र मध्य क्षेत्रबाट खटिएका टोलीले सहरका विभिन्न स्थानबाट अनधिकृत रुपमा बेच्न राखिएका फूल माला जफत गरेका हुन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारीमा ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...

आज दिल्ली उड्दै प्रधानमन्त्री बालेन

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

रसुवा बाढीपीडितलाई सुन्दरीजल होल्डिङ सेन्टर छाड्न दबाब

काठमाडौं, ०५ मंसिर । काठमाडौंको सुन्दरीजलस्थित बीपी चोकमा रहेको होल्डिङ सेन्टरबाट हट्न दबाब दिएपछि रसुवाका ३५ बाढीपीडित बिचल्लीमा...

नगर प्रमुख प्रजापतिद्वारा परीक्षा समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण

भक्तपुर, ०५ मंसिर । नगर शिक्षा समिति भक्तपुरले शुक्रबार भक्तपुर नगरपालिकाभित्र अध्ययनरत विद्यार्थीहरूको परीक्षा सञ्चालनमा समन्वय तथा आवश्यक...