लक्ष्मीपूजाको साँझ विद्युत माग १ हजार ८१३ मेगावट

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २२ कात्तिक । यस वर्षको तिहार (लक्ष्मीपूजा)को साँझ राष्ट्रिय ग्रिडमा बिजुलीको पिक डिमान्ड (उच्चतम माग) १ हजार ८१३ मेगावाट पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाको साँझ पिक डिमान्ड १ हजार ७ सय मेगावाट हाराहारी पुग्ने अनुमान गरे पनि वास्तविक बिजुली खपत प्रक्षेपणभन्दा करिब १ सय १३ मेगावाट बढी भएको जनाएको छ ।

प्राधिकरणको भार प्रेषण केन्द्र (लोड डिस्प्याच सेन्टर) को तथ्यांकअनुसार लक्ष्मीपूजाको साँझ कुल पिक लोड (सिस्टम पिक लोड) २ हजार ४ सय दशमलव ३० मेगावाट पुगेको थियो । सोही समयमा काठमाडौं उपत्यकाको अधिकतम माग करिब ४८९ दशमलव ५० मेगावाट पुगेको भार प्रेषण केन्द्रले जनाएको छ ।
<span;>आन्तरिक माग ह्वात्तै बढे पनि मुलुकभित्रै पर्याप्त विद्युत् उत्पादन भएकाले विद्युत् आपूर्ति पूर्ण रूपमा सहज र निरन्तर रह्यो । प्रणालीमा उपलब्ध कुल २ हजार ४ सय दशमलव ३० मेगावाट उत्पादनमध्ये आन्तरिक खपत १ हजार ८१३ मेगावाट भई बचत भएको ५८७ दशमलव ३० मेगावाट विद्युत् भारतीय बजारमा निर्यात गरेको प्राधिकरणले जनाएको छ ।

पिक आवरमा प्रणालीमा कुनै पनि किसिमको अवरोध वा ट्रिपिङ नभई देशैभर विद्युत् आपूर्ति पूर्ण रूपमा सुचारु रहेको प्राधिकरणले जनाएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारीमा ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...

आज दिल्ली उड्दै प्रधानमन्त्री बालेन

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

रसुवा बाढीपीडितलाई सुन्दरीजल होल्डिङ सेन्टर छाड्न दबाब

काठमाडौं, ०५ मंसिर । काठमाडौंको सुन्दरीजलस्थित बीपी चोकमा रहेको होल्डिङ सेन्टरबाट हट्न दबाब दिएपछि रसुवाका ३५ बाढीपीडित बिचल्लीमा...

नगर प्रमुख प्रजापतिद्वारा परीक्षा समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण

भक्तपुर, ०५ मंसिर । नगर शिक्षा समिति भक्तपुरले शुक्रबार भक्तपुर नगरपालिकाभित्र अध्ययनरत विद्यार्थीहरूको परीक्षा सञ्चालनमा समन्वय तथा आवश्यक...