मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने मन्त्रिपरिषदको निर्णय, कार्कीलाई पदबाट हटाइयो

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १८ कात्तिक । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेको छ।

कार्कीलाई हटाए सँगै सरकारले अतिरिक्त प्रहरी महानिरीक्षक मनोज केसीलाई नयाँ आइजीपी नियुक्त गरेको छ। कार्कीसँग सरकारको केही समय अघिदेखि विभिन्न विषयमा फरक मत रहँदै आएको थियो।

उनलाई हटाउन सरकारले यसअघि नै तयारी गरे पनि विरोधका कारण रोकिएको थियो। पछिल्लो समय सञ्चार गृहहरूमा प्रहरीको प्रवेशलाई लिएर आईजीपी कार्की र सरकारबीच प्रष्ट मतभेद देखिएको थियो।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारीमा ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...

आज दिल्ली उड्दै प्रधानमन्त्री बालेन

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

रसुवा बाढीपीडितलाई सुन्दरीजल होल्डिङ सेन्टर छाड्न दबाब

काठमाडौं, ०५ मंसिर । काठमाडौंको सुन्दरीजलस्थित बीपी चोकमा रहेको होल्डिङ सेन्टरबाट हट्न दबाब दिएपछि रसुवाका ३५ बाढीपीडित बिचल्लीमा...

नगर प्रमुख प्रजापतिद्वारा परीक्षा समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण

भक्तपुर, ०५ मंसिर । नगर शिक्षा समिति भक्तपुरले शुक्रबार भक्तपुर नगरपालिकाभित्र अध्ययनरत विद्यार्थीहरूको परीक्षा सञ्चालनमा समन्वय तथा आवश्यक...