भक्तपुर-रत्नपार्क खण्डमा मेट्रो रेल सञ्चालनबारे छलफल

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, १८ कात्तिक । काठमाडौं उपत्यकाको सार्वजनिक यातायातलाई व्यवस्थित, सहज र प्रभावकारी बनाउने उद्देश्यले प्रस्तावित भक्तपुरको जगातीदेखि-रत्नपार्कसम्म मेट्रो रेल सञ्चालनसम्बन्धी छलफल भएको छ । मंगलबार भक्तपुर नगरपालिकामा भएको कार्यक्रममा प्रस्तावित मेट्रो रेल प्रणालीले काठमाडौं उपत्यकाको सार्वजनिक यातायात व्यवस्थापनमा पार्न सक्ने प्रभाव, यातायात सेवालाई सहज बनाउने सम्भावना तथा वातावरणीय पक्षलाई ध्यानमा राखेर प्रस्ताव अघि बढाउने विषयमा छलफल केन्द्रित रह्यो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपालमा मेट्रो रेल सञ्चालन गर्ने योजना सकारात्मक भए पनि त्यसको सम्भाव्यता अध्ययन विस्तृत रूपमा गर्नुपर्ने बताएका छन् । उनले देशको ऋण भार ३० खर्ब रुपैयाँ पुगेको सन्दर्भ उल्लेख गर्दै यस्ता ठूला योजनाको बजेट व्यवस्थापन, खर्चको पारदर्शिता र योजना सम्पन्न हुने समयसीमा स्पष्ट हुनुपर्ने बताएका छन् । मेट्रो रेल योजना देशका कुन-कुन स्थानमा सञ्चालन गर्ने, त्यसबाट आउन सक्ने सम्भावित समस्या के-के हुन् र तिनको समाधान कसरी गर्ने भन्ने विषयमा समेत अध्ययन गर्नुपर्नेमा उनको जोड छ । लामो दूरीमा मेट्रो रेल सञ्चालन गर्ने विषयमा पनि स्पष्ट योजना आवश्यक रहेको उनको भनाइ छ । प्रमुख प्रजापतिले योजनालाई अघि बढाउनुअघि संघ, प्रदेश र स्थानीय सरकार, सरोकारवाला निकायबीच छलफल गर्नुपर्ने बताउँदै आपसी सहमति र समन्वयको क्षेत्र र भूमिका स्पष्ट पार्नुपर्ने उल्लेख गरे ।

रत्नपार्कदेखि भक्तपुरसम्म ११ वटा स्टेसन प्रस्ताव गरिएको र भक्तपुरमा मात्रै तीनवटा स्टेसन राख्ने योजनाबारे चर्चा गर्दै नगरप्रमुख प्रजापतिले छोटो दूरीमा धेरै स्टेसन आवश्यक पर्ने वा नपर्ने विषयमा पनि अध्ययन गर्नुपर्ने धारणा राखेका छन् । कार्यक्रममा समाजशास्त्रीय अध्ययन टोलीका चन्द्रकान्त लौडारी, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का विज्ञ टोलीका सदस्य हायातो कोबायासीले परियोजनाबारे चर्चा गरेका छन् ।

कार्यक्रममा वातावरणविद् अध्ययन टोलीका लोकेश सापकोटाले परियोजनासम्बन्धी प्रस्तुतीकरण गरेका छन् । कार्यक्रममा भक्तपुर नगरपालिका-९ का वडाध्यक्ष रविन्द्र ज्याख्वलगायत जनप्रतिनिधिहरूले प्रस्तावित भक्तपुर-रत्नपार्क मेट्रो रेल योजनाबारे जिज्ञासा राखेका छन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारीमा ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...

आज दिल्ली उड्दै प्रधानमन्त्री बालेन

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

रसुवा बाढीपीडितलाई सुन्दरीजल होल्डिङ सेन्टर छाड्न दबाब

काठमाडौं, ०५ मंसिर । काठमाडौंको सुन्दरीजलस्थित बीपी चोकमा रहेको होल्डिङ सेन्टरबाट हट्न दबाब दिएपछि रसुवाका ३५ बाढीपीडित बिचल्लीमा...

नगर प्रमुख प्रजापतिद्वारा परीक्षा समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण

भक्तपुर, ०५ मंसिर । नगर शिक्षा समिति भक्तपुरले शुक्रबार भक्तपुर नगरपालिकाभित्र अध्ययनरत विद्यार्थीहरूको परीक्षा सञ्चालनमा समन्वय तथा आवश्यक...