३३ लाख घुस प्रकरण: प्रमुख प्रशासकीय अधिकृत घिमिरेसहित दुई जना थुनामै रहने

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, १८ कात्तिक । मध्यपुर थिमि नगपालिकाका प्रमुख प्रशाशकीय अधिकृत भोजराज घिमिरेसहित दुई जनालाई मंगलबार भ्रष्टाचारसम्बन्धी मुद्दामा म्याद थप गरी असुन्धान थालिएको छ ।विशेष अदालतको आदेशबाट भ्रष्टाचारसम्बन्धी मुद्दामा म्याद थप गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगका प्रवक्ता सुरेश न्यौपानेले मंगलबार विज्ञप्ति प्रकाशित गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाए ।

ठेक्काको बाँकी भुक्तानी र मोबिलाइजेसन फन्डको किस्ता भुक्तानीमा सहजीकरण गर्ने नाममा घुस मागिएको आरोपमा प्रमुख प्रशाशकीय अधिकृतसहित दुईजनालाई सोमबार बाटोबाटै पक्राउ गरिएको थियो । उनीहरुलाई ३३ लाख रुपैयाँ घुससहित पक्राउ गरिएको थियो । अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले घिमिरे र गुड नेबर्स इन्टरप्राइजेज प्रालि कोटेश्वर काठमाडौंका सञ्चालक वरुण ढुंगेललाई सेवाग्राहीसँग घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

आयोगका अनुसार नगरपालिकासँग भएको ठेक्का सम्झौता बमोजिम बाँकी किस्ता भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने र बाँकी काममा सहयोग गरिदिने भन्दै घुस तथा रिसवत माग गरेको भन्ने सूचना एवं उजुरीका आधारमा उनीहरूलाई निगरानीमा राखिएको थियो । सोही क्रममा मध्यपुर थिमि नगरपालिका वडा नं. ९ निकोसेराबाट ३३ लाख रुपैयाँसहित उनीहरूलाई नियन्त्रणमा लिइएको थियो ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारीमा ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...

आज दिल्ली उड्दै प्रधानमन्त्री बालेन

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

रसुवा बाढीपीडितलाई सुन्दरीजल होल्डिङ सेन्टर छाड्न दबाब

काठमाडौं, ०५ मंसिर । काठमाडौंको सुन्दरीजलस्थित बीपी चोकमा रहेको होल्डिङ सेन्टरबाट हट्न दबाब दिएपछि रसुवाका ३५ बाढीपीडित बिचल्लीमा...

नगर प्रमुख प्रजापतिद्वारा परीक्षा समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण

भक्तपुर, ०५ मंसिर । नगर शिक्षा समिति भक्तपुरले शुक्रबार भक्तपुर नगरपालिकाभित्र अध्ययनरत विद्यार्थीहरूको परीक्षा सञ्चालनमा समन्वय तथा आवश्यक...