जेन-जी आन्दोलनमा कारागारबाट फरार प्रतिवादी पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

कास्की, १४ कार्तिक ।  नेपाल प्रहरी प्रदेश कार्यालय पोखराले जेन-जी आन्दोलनको क्रममा फरार प्रतिवादी पक्राउ गरेको छ । २०८२ भदौ २४ गते जेन-जी आन्दोलनको क्रममा कारागार कार्यालय कास्कीको भवन तोडफोड तथा आगजनी भई कारागारमा कैद सजाय (१५ वर्ष ८ महिना १ दिन) भोगिरहेका चितवन रत्ननगर नगरपालिका-१२ का जबरजस्ती करणी कसुर मुद्दाका प्रतिवादी ४७ वर्षीय नारायण घिमिरे फरार थिए ।

नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार फरार घिमिरेलाई शुक्रबार मुस्ताङ वारगुङ मुक्तिक्षेत्र गाँउपालिका-३ चैले स्थित लिवन होटल एण्ड रेष्टुरेष्टबाट पक्राउ गरेको हो । उनलाई बाँकी रहेको (१२ वर्ष) कैद सजाय भुक्तानको लागी कारागार कार्यालय कास्कीमा बुझाईएको एसएसपी अधिकारीले जानकारी दिए ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारीमा ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...

आज दिल्ली उड्दै प्रधानमन्त्री बालेन

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

रसुवा बाढीपीडितलाई सुन्दरीजल होल्डिङ सेन्टर छाड्न दबाब

काठमाडौं, ०५ मंसिर । काठमाडौंको सुन्दरीजलस्थित बीपी चोकमा रहेको होल्डिङ सेन्टरबाट हट्न दबाब दिएपछि रसुवाका ३५ बाढीपीडित बिचल्लीमा...

नगर प्रमुख प्रजापतिद्वारा परीक्षा समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण

भक्तपुर, ०५ मंसिर । नगर शिक्षा समिति भक्तपुरले शुक्रबार भक्तपुर नगरपालिकाभित्र अध्ययनरत विद्यार्थीहरूको परीक्षा सञ्चालनमा समन्वय तथा आवश्यक...